प्लाष्टिकका झोला प्रयोगकर्ता तथा उत्पादकलाई जरिवाना
काठमाडौं । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई जरिवानाको व्यवस्था गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने अभियान सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको जनाउँदै प्रयोग गर्ने-गराउनेले जरिवाना गरिने जनाएको छ ।
आगामी जेठ १ गते (मङ्गलबार)देखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त घोषणा गरिँदै छ । सो दिनपछि प्लाष्टिक झोला प्रयोगकर्तादेखि उत्पादकसम्मलाई जरिवाना शुल्क निर्धारण गरिएको नगरपालिकाका वन तथा वातावरण समिति संयोजक रनसिं नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही वैशाख २३ गते कार्यपालिकाले ‘व्यास नगर प्लाष्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी कार्यविधि–२०८१’ पारित गरिसकेको छ । प्लाष्टिकका झोला प्रयोगकर्तालाई प्रथम पटक रु १०, दोस्रो पटक रु ५० जरिवाना शुल्क तोकिएको नेपालीले बताउनुभयो । प्लाष्टिक झोला बिक्रेतालाई प्रथम पटक रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटकदेखि हरेक पटक रु तीन हजारका दरले जरिवाना हुने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
उत्पादकलाई प्रथम पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवानाको व्यवस्था गरिएको छ । तत्पश्चात् पनि प्लाष्टिकका झोला प्रयोग गरेको भेटिएमा नाम सार्वजनिक गरी अन्य दण्ड सजायँ हुने प्रावधान रहेको नेपालीले जानकारी दिनुभयो ।
कार्यविधिको उल्लङ्घन गर्ने उत्पादक र बिक्रेतालाई नगरपालिकाले व्यवसायिक दर्ता खारेजी तथा कारोबार बन्दका साथै पालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द गर्न सकिने चेतावनी दिएको छ ।
नगर क्षेत्रमा निषेधित प्लाष्टिकजन्य वस्तु उत्पादन, बिक्रीवितरण, आयातनिर्यात, भण्डारण तथा प्रयोग गरेको सूचना दिने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा कर्मचारीलाई जरिवाना रकमको ५० प्रतिशत दामासाहीले पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो ।
नगरभित्रका दिदीबहिनीलाई झोला बनाउने तालिम प्रदान गरी स्वरोजगार बनाउने अभियान नगरपालिकाले लिएको उहाँको भनाइ छ । महिलाहरुले उत्पादन गरेका कपडाका झोला प्रत्येक पसलपसलमा पुगिसकेका छन्, उहाँले भन्नुभयो, ‘नगरलाई सुन्दर र स्वच्छ बनाउने अभियानमा आमनगरवासी एकजुट भएर लाग्नुपर्छ ।’
नगरपालिकाले कपडाका झोला बनाउने तालिम प्रदान गर्नुका साथै पहिलो पटक प्लाष्टिकजन्य झोला प्रयोगमा रोक अभियान सुरु गदैछ । गत चैत र यही वैशाखमा व्यासका चौध वटै वडामा पुगेर प्लाष्टिकका झोलाका विषयमा सचेतना गराउने कार्य सम्पन्न गरिएको नगर कार्यालयले जनाएको छ ।
स्थानीय टोल विकास संस्था, सामाजिक सङ्घसंस्था, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, मासु, दुग्ध, कपडा, किरानालगायत सबै व्यापारी, तनहुँ उद्योग वाणिज्य सङ्घसँग व्यापक छलफल गरी अभियान अघि बढाइएको हो ।
नगरभित्र दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म प्लाष्टिकका झोला प्रयोग हुँदै आएको छ । प्लाष्टिकलाई न्यूनिकरण गर्न सकिए मात्रै सहरी सौन्दर्यमा वृद्वि भई वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सकिने व्यासका सरसफाई विज्ञ कृष्ण भण्डारीले बताउनुभयो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












