प्लाष्टिकका झोला प्रयोगकर्ता तथा उत्पादकलाई जरिवाना
काठमाडौं । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई जरिवानाको व्यवस्था गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने अभियान सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको जनाउँदै प्रयोग गर्ने-गराउनेले जरिवाना गरिने जनाएको छ ।
आगामी जेठ १ गते (मङ्गलबार)देखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त घोषणा गरिँदै छ । सो दिनपछि प्लाष्टिक झोला प्रयोगकर्तादेखि उत्पादकसम्मलाई जरिवाना शुल्क निर्धारण गरिएको नगरपालिकाका वन तथा वातावरण समिति संयोजक रनसिं नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही वैशाख २३ गते कार्यपालिकाले ‘व्यास नगर प्लाष्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी कार्यविधि–२०८१’ पारित गरिसकेको छ । प्लाष्टिकका झोला प्रयोगकर्तालाई प्रथम पटक रु १०, दोस्रो पटक रु ५० जरिवाना शुल्क तोकिएको नेपालीले बताउनुभयो । प्लाष्टिक झोला बिक्रेतालाई प्रथम पटक रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटकदेखि हरेक पटक रु तीन हजारका दरले जरिवाना हुने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
उत्पादकलाई प्रथम पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवानाको व्यवस्था गरिएको छ । तत्पश्चात् पनि प्लाष्टिकका झोला प्रयोग गरेको भेटिएमा नाम सार्वजनिक गरी अन्य दण्ड सजायँ हुने प्रावधान रहेको नेपालीले जानकारी दिनुभयो ।
कार्यविधिको उल्लङ्घन गर्ने उत्पादक र बिक्रेतालाई नगरपालिकाले व्यवसायिक दर्ता खारेजी तथा कारोबार बन्दका साथै पालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द गर्न सकिने चेतावनी दिएको छ ।
नगर क्षेत्रमा निषेधित प्लाष्टिकजन्य वस्तु उत्पादन, बिक्रीवितरण, आयातनिर्यात, भण्डारण तथा प्रयोग गरेको सूचना दिने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा कर्मचारीलाई जरिवाना रकमको ५० प्रतिशत दामासाहीले पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो ।
नगरभित्रका दिदीबहिनीलाई झोला बनाउने तालिम प्रदान गरी स्वरोजगार बनाउने अभियान नगरपालिकाले लिएको उहाँको भनाइ छ । महिलाहरुले उत्पादन गरेका कपडाका झोला प्रत्येक पसलपसलमा पुगिसकेका छन्, उहाँले भन्नुभयो, ‘नगरलाई सुन्दर र स्वच्छ बनाउने अभियानमा आमनगरवासी एकजुट भएर लाग्नुपर्छ ।’
नगरपालिकाले कपडाका झोला बनाउने तालिम प्रदान गर्नुका साथै पहिलो पटक प्लाष्टिकजन्य झोला प्रयोगमा रोक अभियान सुरु गदैछ । गत चैत र यही वैशाखमा व्यासका चौध वटै वडामा पुगेर प्लाष्टिकका झोलाका विषयमा सचेतना गराउने कार्य सम्पन्न गरिएको नगर कार्यालयले जनाएको छ ।
स्थानीय टोल विकास संस्था, सामाजिक सङ्घसंस्था, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, मासु, दुग्ध, कपडा, किरानालगायत सबै व्यापारी, तनहुँ उद्योग वाणिज्य सङ्घसँग व्यापक छलफल गरी अभियान अघि बढाइएको हो ।
नगरभित्र दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म प्लाष्टिकका झोला प्रयोग हुँदै आएको छ । प्लाष्टिकलाई न्यूनिकरण गर्न सकिए मात्रै सहरी सौन्दर्यमा वृद्वि भई वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सकिने व्यासका सरसफाई विज्ञ कृष्ण भण्डारीले बताउनुभयो ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...












