नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित मुनरोको मंगलबार निधन भएको हो ।
मुनरोलाई सन् २०१३ मा साहित्यतर्फको नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले मुनरोलाई ुसमकालीन कथाकी कुशल कालिगढ को संज्ञासमेत दिएको थियो । चर्चित क्यानडेली साहित्यकार मार्गरेट एटवुडलेले मुनरोलाई समकालीन अंग्रेजी कथामा प्रमुख लेखकमध्येकी एक भनेकी थिइन् ।
मुनरोको जन्म सन् १९३१ मा ओन्टारियोको किसान परिवारमा भएको थियो । उनी सानैदेखि साहित्यप्रति रूचि राख्थिन् । एकपल्ट उनले गार्डियनसँग भनेकी थिइन्, पुस्तक मेरा लागि जादुजस्तै थिए । र, म त्यो जादुको हिस्सा बन्न चाहन्थेँ ।
मुनरोको निधनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शोक वक्तव्य जारी गर्दै एक साहित्यिक हस्ती गुमाएको जनाएका छन् । प्रधानमन्त्री ट्रुडोले भनेका छन्, एलिस मुनरो विश्वकै महान कथाकारमध्येकी एक हुन् ।
उनी ९२ वर्षकी थिइन् । केही वर्षदेखि उनी डिमेन्सियाबाट ग्रसित थिइन् । जीवन, मित्रता र मानवीय सम्बन्धका बारेमा उनका कथाहरू पाठकमा अमिट छाप छाडेका छन् । एलिस मुनरोका डियर लाइफ,रनअवे,लाइभ्स अफ गर्ल्स एन्ड वुमेन लगायतका चर्चित पुस्तक छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












