नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित मुनरोको मंगलबार निधन भएको हो ।
मुनरोलाई सन् २०१३ मा साहित्यतर्फको नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले मुनरोलाई ुसमकालीन कथाकी कुशल कालिगढ को संज्ञासमेत दिएको थियो । चर्चित क्यानडेली साहित्यकार मार्गरेट एटवुडलेले मुनरोलाई समकालीन अंग्रेजी कथामा प्रमुख लेखकमध्येकी एक भनेकी थिइन् ।
मुनरोको जन्म सन् १९३१ मा ओन्टारियोको किसान परिवारमा भएको थियो । उनी सानैदेखि साहित्यप्रति रूचि राख्थिन् । एकपल्ट उनले गार्डियनसँग भनेकी थिइन्, पुस्तक मेरा लागि जादुजस्तै थिए । र, म त्यो जादुको हिस्सा बन्न चाहन्थेँ ।
मुनरोको निधनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शोक वक्तव्य जारी गर्दै एक साहित्यिक हस्ती गुमाएको जनाएका छन् । प्रधानमन्त्री ट्रुडोले भनेका छन्, एलिस मुनरो विश्वकै महान कथाकारमध्येकी एक हुन् ।
उनी ९२ वर्षकी थिइन् । केही वर्षदेखि उनी डिमेन्सियाबाट ग्रसित थिइन् । जीवन, मित्रता र मानवीय सम्बन्धका बारेमा उनका कथाहरू पाठकमा अमिट छाप छाडेका छन् । एलिस मुनरोका डियर लाइफ,रनअवे,लाइभ्स अफ गर्ल्स एन्ड वुमेन लगायतका चर्चित पुस्तक छन् ।
Comments
अरु समाचार
-
इजरायली आक्रमणमा गाजामा १० प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।...
-
दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा प्रधानमन्त्रीलाई महा अभियोग लगाउन अस्वीकार
काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसदले पेश गरेको प्रश्तावलाई सोमवार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार...
-
अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण
काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।...
-
दक्षिण कोरियामा डढेलोका कारण चार जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलोका कारण चार जनाको मृत्यु भएको छ । त्यस्तै उक्त आगालागीमा परेर ६ जना...
-
अमेरिकाको न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु, १५ जना घाइते
काठमाडौं । अमेरिकाको न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्...
-
इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट
काठमाडौं । दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले ८ हजार मिटर...
-
नाइजेरियामा सवारी साधन आपसमा ठोक्किँदा ६ जनाको मृत्यु
काठमाडौं । नाइजेरियाको राजधानी अबुजाको बाहिरी इलाकामा रहेको कारु शहरमा सवारी साधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।...