जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन् । जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए । त्यस्तै गौरी गाईको आक्रमणबाट एकजना घाइते भएको उनले बताए ।
घाइतेको उपचारका लागि निकुञ्जले रु २१ लाख २३ हजार सात सय ७४ राहतस्वरुप प्रदान गरेको तिवारीले जानकारी दिए । उनका अनुसार मृत्यु भएका सातजनाको परिवारलाई राहतस्वरुप रु ७० लाख प्रदान गरिएको छ ।
मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा नियमानुसार वन पैदावार सङ्कलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गरेको तिवारीले जानकारी दिए । उनले भने, “गस्तीमा गएका निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका नेपाली सेना, नेचर गाइडलाई समेत वन्यजन्तुले आक्रमण गरेको छ ।”
मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा वन्यजन्तुको बासस्थान हुने र मानिसले पनि उपभोगका लागि सोही क्षेत्र प्रयोग गर्ने भएकाले सो क्षेत्रमा बढी सङ्ख्यामा वन्यजन्तुको आक्रमण हुने गरेको तिवारीको भनाइ छ । यस्ता क्षेत्रमा वन पैदावार सङ्कलन गर्न जाँदा वन्यजन्तुको आनीबानी र उपस्थितिको बारेमा बुझेर जाने, साँझ बिहान नजाने, समूहमा जाने, प्रकृति सुहाउँदो खालका कपडा लगाएर जाने गर्दा क्षति कम गर्न सकिने उनले बताए ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












