तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ । तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको छ । तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ ।
मौसम तथा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेती अझै केही दिन तराई मधेशमा गर्मी बढ्ने र कतिपय ठाउँमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको बताउनुहुन्छ । तराई मधेशमा तातो रातको अबस्था पनि बढ्ने देखिएको उहाँले बताउनुभयो । तापक्रम बढेपछि शरीरमा पसिना आउने, पानीको कमी हुने, रगत जम्ने, घाँटीमा समस्या आउने, आँखा र छालामा समस्या आउने तथा कतिपयलाई हिट स्ट्रोक भएर मुर्छा पर्ने, अपाङ्गता हुने तथा ज्यान जाने खतरा हुने स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको विपद जोखिम न्यूनिकरण कार्यालयले तातो हावाको लहर अर्थात् लू लाई जलवायुजन्य विपद मानेको छ । तर नेपालमा केन्द्रीय स्तरमा तथा पालिकामा आवश्यक पूर्व तयारी पाइँदैन । मौसम पूर्वानुमान महाशाखाले भने तापक्रम वृद्धिको पूर्वानुमानको आधारमा सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तर धेरै विज्ञले लू को अवस्था आएको बताइरहँदा पनि जल तथा मौसम विज्ञान विभागले लू’ चलेको घोषणा गरेको पाइँदैन ।
विभागकी सूचना अधिकारी एवम् वरिष्ठ मौसमविद् विभूती पोखरेल तोकिएको मापदण्ड पूरा भएमा ‘लूघोषणा हुने बताउनुहुन्छ । तर कति तापक्रम पुग्नुलाई ‘लू’भन्ने मापदण्डका बारेमा विज्ञबीच एक मत पाइँदैन । जलवायु विपद् विज्ञ डाक्टर धर्मराज उप्रेती गर्मी धेरै भएको बेलामा तिर्खा नलागे पनि शुद्ध पानी प्रशस्त पिउन, उपलब्ध भएसम्म दही, मोही, सर्वत, कागती पानी पिउन, ताजा फलफुल खान, दिउँसो घाममा ननिस्कन र घर बाहिर निस्किँदा टाउको छोप्नुको साथै पातलो सुतिको कपडा प्रयोग गर्न सुझाव दिनुहुन्छ ।
Comments
अरु समाचार
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...












