तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ । तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको छ । तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ ।
मौसम तथा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेती अझै केही दिन तराई मधेशमा गर्मी बढ्ने र कतिपय ठाउँमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको बताउनुहुन्छ । तराई मधेशमा तातो रातको अबस्था पनि बढ्ने देखिएको उहाँले बताउनुभयो । तापक्रम बढेपछि शरीरमा पसिना आउने, पानीको कमी हुने, रगत जम्ने, घाँटीमा समस्या आउने, आँखा र छालामा समस्या आउने तथा कतिपयलाई हिट स्ट्रोक भएर मुर्छा पर्ने, अपाङ्गता हुने तथा ज्यान जाने खतरा हुने स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको विपद जोखिम न्यूनिकरण कार्यालयले तातो हावाको लहर अर्थात् लू लाई जलवायुजन्य विपद मानेको छ । तर नेपालमा केन्द्रीय स्तरमा तथा पालिकामा आवश्यक पूर्व तयारी पाइँदैन । मौसम पूर्वानुमान महाशाखाले भने तापक्रम वृद्धिको पूर्वानुमानको आधारमा सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तर धेरै विज्ञले लू को अवस्था आएको बताइरहँदा पनि जल तथा मौसम विज्ञान विभागले लू’ चलेको घोषणा गरेको पाइँदैन ।
विभागकी सूचना अधिकारी एवम् वरिष्ठ मौसमविद् विभूती पोखरेल तोकिएको मापदण्ड पूरा भएमा ‘लूघोषणा हुने बताउनुहुन्छ । तर कति तापक्रम पुग्नुलाई ‘लू’भन्ने मापदण्डका बारेमा विज्ञबीच एक मत पाइँदैन । जलवायु विपद् विज्ञ डाक्टर धर्मराज उप्रेती गर्मी धेरै भएको बेलामा तिर्खा नलागे पनि शुद्ध पानी प्रशस्त पिउन, उपलब्ध भएसम्म दही, मोही, सर्वत, कागती पानी पिउन, ताजा फलफुल खान, दिउँसो घाममा ननिस्कन र घर बाहिर निस्किँदा टाउको छोप्नुको साथै पातलो सुतिको कपडा प्रयोग गर्न सुझाव दिनुहुन्छ ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












