ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी
काठमाडौं । गएराती ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको छ ।
साथै उक्त खेल लगत्तै भएको सुपर ओभरमा समेत नेपालले जित निकाल्न सफल भएको छ । । सुपर ओभरमा पहिला ब्याटिङ गरेको ह्युस्टन हरिकेन्सले १५ रन जोड्यो । जवाफी ब्याटिङमा नेपालले २ बल बाकी छदै लक्ष्य भेट्टाउन सफल भएको थियो। सुपर ओभरमा नेपालका कुशल मल्लले पहिलो र दोस्रो बलमा लगातार छक्का र चौथो बलमा चौका प्रहार गर्दै नेपाललाई जिततर्फ दोहोर्याएका थिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । व्याटिङतर्फ नेपालका ओपनर कुशल भुर्तेल १ र आसिफ शेखलाई ४ रनमै आउट भए। अनिल साह र रोहित पौडेले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७, रोहित पौडेलले २३, गुलशन झाले २०, सन्दीप जोराले २१ र कुशल मल्लले १२ रन बनाए ।
बलिङमा नेपालका तिब्र गतिका बलरहरु सोमपाल कामी र करण केसीले २–२ विकेट, रोहित पौडेल, अभिनाश बोहरा, सागर ढकाल र कुशल भूर्तेलले समान १–१ विकेट हात पारेका थिए ।
मध्यम लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्सले ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।
Comments
अरु समाचार
-
स्टार स्पोर्ट्सको सम्झौताप्रति तीन संस्थाको आपत्ति, राष्ट्रिय हितविपरीत सम्झौता भएको टिप्पणी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट...
-
राष्ट्रिय फुटबल खेलाडी पूजा राना सम्मानित
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी...
-
यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब...
-
महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले थाइल्याण्डसँग खेल्दै छनोट...