आजको राशिफलः २०८१ जेठ २४ गते बिहीबार
मेष – वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ र काममा केही उल्झन आउन सक्छ। हडबडाहटले बोलीको प्रभाव कमजोर बन्न सक्छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। काममा श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरी ढाकछोप गर्दा अरूले लाभ उठाउन सक्छन्।
वृष – पहिलेको नतिजाले थप हौसला जगाउनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ।
मिथुन – खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।सापटी दिने बानीले पनि समस्या निम्त्याउनेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।
कर्कट – पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ।
सिंह – व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कन्या –आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।
तुला – पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला।सानातिना काम र घरेलु समस्यामा अलमलिनुपर्ने देखिन्छ। काम बिग्रने भयले सताए पनि समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।
वृश्चिक – लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँग दिन रमाइलो गरी बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। आराम तथा मनोरञ्जनको समय छ।
धनु – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। उद्योग तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मकर – स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिने सम्भावना छ। परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
कुम्भ – पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
मीन – मिहिनेतले दिगो फाइदा दिलाउनेछ।नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...












