पीएनजीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर ८ मा
काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले पपुआ न्युगिनी (पीएनजी) माथि जित निकाल्दै सुपर ८ को यात्रा तय गरेको छ।
समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा अफगानिस्तानले पपुआ न्युगिनीलाई ७ विकेटले हराउँदै जित हात पारेको हो। जितसँदै अफगानिस्तान समूह सी को शीर्ष स्थानमा उक्लिँदै सुपर ८ मा पुगेको हो।
पपुआ न्युगिनीले दिएको ९६ रनको लक्ष्यसहित मैदान उत्रेको आफगानिस्तानले निर्धारित ओभरको १५.१ ओभर खेल्दै जम्मा ३ विकेट गुमाएर जित हासिल गर्यो।अफगानिस्तानको जितका लागि गुलबदिन नाइबले नट आउट रहँदै सर्वाधिक ४९ रनको पारी खेले भने मोहम्मद नवीले नट आउट रहँदै १६ रन जोडे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको पपुुआ न्युगिनीले निर्धारित ओभरको १ बल बाँकी रहँदै सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो। पपुआ न्युगिनीका लागि किल्पिन डोरिगाले सर्वाधिक २७ रनको पारी खेले भने एली नाओले १३, टोनी उराले ११ रन जोडे। अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।
पपुआ न्युगिनीलाई सस्तोमै समेट्न अफगानिस्तानका फजलहक फारुकीले सर्वाधिक ३ विकेट लिए भने नविन उल हकले २ र नूर अहमले १ विकेट लिए।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












