आईसीसी टी–२० विश्वकपः अफगानिस्तानलाई हराउँदै साउथ अफ्रिका फाइनलमा, आज बेलुका भारत र इंग्ल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो।
दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो। अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए।
सुरुमा ब्याटिङ गरेको अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा समेट्न दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका थिए भने कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट लिएका थिए।
सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको थियो। इब्राहिम जाद्रानलाई दुई, गुलबदिन नायब ९, अजमातुल्लाह उमरजाई १० रनमा आउट गरेको दक्षिण अफ्रिकाले नङ्गेलिया खरोटेले दुई रनमा समेटेको थियो।
अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन बनाएका थिए। करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भएका थिए भने नवीन उल हकले मात्र दुई रन बनाएका थिए।
समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलबाट घर फर्किएको हो। दक्षिण अफ्रिकाले दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबिच बिहीबार (आज) राति प्रतिस्पर्धा हुँदैछ। दोस्रो सेमिफाइनल नेपाली समय अनुसार राति ८ः१५ बजे खेल सुरु हुनेछ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












