आईसीसी टी–२० विश्वकपः अफगानिस्तानलाई हराउँदै साउथ अफ्रिका फाइनलमा, आज बेलुका भारत र इंग्ल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो।
दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो। अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए।
सुरुमा ब्याटिङ गरेको अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा समेट्न दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका थिए भने कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट लिएका थिए।
सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको थियो। इब्राहिम जाद्रानलाई दुई, गुलबदिन नायब ९, अजमातुल्लाह उमरजाई १० रनमा आउट गरेको दक्षिण अफ्रिकाले नङ्गेलिया खरोटेले दुई रनमा समेटेको थियो।
अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन बनाएका थिए। करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भएका थिए भने नवीन उल हकले मात्र दुई रन बनाएका थिए।
समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलबाट घर फर्किएको हो। दक्षिण अफ्रिकाले दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबिच बिहीबार (आज) राति प्रतिस्पर्धा हुँदैछ। दोस्रो सेमिफाइनल नेपाली समय अनुसार राति ८ः१५ बजे खेल सुरु हुनेछ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











