गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सुचारू
काठमाडौं । बिहीबारदेखि अवरूद्ध रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सुचारू भएका छन्। बिहीबार राति ९ बजेर ४० मिनेटको समयमा बुद्ध एयरको विमान अवतरण गर्ने धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा अरू जहाजहरू पनि अवतरण र उडान गर्न सकेका थिएनन्।
शुक्रबार साढे १० बजेपछि विमानस्थलबाट तीन वटा जहाजले उडान भरेका हुन्।विमानस्थलका अधिकृत विनोदसिंह रावतले बिहीबार साँझ काठमाडौंबाट भैरहवा आएका तीन वटा जहाज काठमाडौंका लागि उडान गरेको जानकारी दिए।
‘अवतरणको गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको जहाजका कारण बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म कुनै पनि जहाज अवतरण र उडान हुन सकेका थिएनन्, अहिले भने बिहीबार राति नै यहाँ आएका बुद्ध एयरका दुई वटा र एउटा यती एयरको जहाज काडमाडौंका लागि उडिसकेका छन्,’ रावतले भने।
उनले भैरहवाबाट उडान गरे पनि अवतरण भने अझै हुन नसकेको बताए।
‘यहाँ आउने जहाजहरूको अवतरणका लागि पनि प्रयास भइरहेको छ, चिप्लिएको बुद्ध एयरको जहाजको पखेँटाले धावनमार्ग छोए पनि ठूलो धावनमार्ग भएकोले न्यारोबडीका जहाज अवतरण गर्न सक्छन्,’ उनले भने।
रावतका अनुसार धावनमार्गमा चिप्लिएको बुद्ध एयरको यु फोर ८०५ विमान धावनमार्गभन्दा ५ मिटर बाहिर घाँसे मैदानमा पुगेको छ। विमानमा रहेका सबै यात्रु सकुशल अवतरण गरे पनि विमानको अगाडिको भाग घाँसे मैदानमा धसिएको छ।
‘विमानको अगाडि पट्टिको बडीले भुइँमा छोएका कारण सुरक्षित निकाल्ने प्रयास भइरहेको छ, निकाल्ने क्रममा विमानमा थप क्षति नहोस् भन्ने हिसाबले बुद्ध एयर, नेपाल वायुसेवा निगम र विमानस्थलका प्राविधिकहरूले प्रयास गरिरहेका छन्,’ उनले भने।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












