आजको राशिफलः २०८१ साउन १ गते मंगलवार
मेष:व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। साँझतिर स्वास्थ्य समस्याले काम रोकिन सक्छ। केही धन खर्च हुने र आफ्ना काममा अरूको हस्तक्षेप हुने सम्भावना देखिन्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि छोटो समयमा फाइदा उठाउन सकिनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने सम्भावना छ। साथीभाइसँग भेटघाट हुनाले दिन मनोरञ्जनपूर्ण रहनेछ।
वृष:पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र साँझतिर मनग्य धनलाभ हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।
मिथुन: सेवामूलक कामबाट धनलाभ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले नयाँ अवसर दिलाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
कर्कट: कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। खेतबारी वा घरको काममा समय बित्नेछ। तापनि साँझतिर विशेष उपलब्धि प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ।
सिंह: विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। साँझतिर विवादास्पद कामले अलमलमा परिने सम्भावाना छ। तापनि केही धनलाभ हुनेछ। हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कन्या: अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। तापनि साँझतिर उपलब्धि प्राप्त गर्न सफल भइनेछ। साथीभाइ र सहयोगी जुटाउने प्रयत्न गर्नुहोला।
तुला: काममा अरूको मुख ताक्नाले पछि परिनेछ। आँटले काम लिन नसकिएला। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुस्ख पाइनेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला। समय लागे पनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ। साँझतिर पेसातर्फ फाइदा उठाउन सकिनेछ।
वृश्चिक: बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।
धनु: आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ। साँझतिर फजुल खर्च बढ्नेछ। काममा दौडधुप गर्नुपर्ला। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा फाइदा हुनेछ।
मकर: तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुने समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। साँझतिर विशेष लाभ हुनेछ। अरूको काममा जुट्नुपरे पनि लाभ मिल्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
कुम्भ:आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। साँझतिर कर्मसिद्धि हुने ग्रहयोग छ। आँटेको काम सम्पादन हुनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ।
मीन: नयाँ योजना थाल्न उपयुक्त साइत पर्खनुहोला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ। रोकिएका काम पनि बिस्तारै सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।
Comments
अरु समाचार
-
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी, कसुर के हो?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई स्पष्टीरकण सोध्ने तयारी गरेको छ। सामाजिक सञ्जालबाट विभिन्न विषयमा पार्टी हितविपरित...
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
सर्वोच्चको पेशी आउन ढिला हुने, आन्तरिक बैठक जारी
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसमा वरियता मिचिएपछि सर्वोच्च अदालतको पेशी नै ढिला हुन पुगेको छ। सर्वोच्च अदालतमा आन्तरिक बैठक चलिरहेका कारण...












