आजको राशिफलः २०८१ साउन १ गते मंगलवार
मेष:व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। साँझतिर स्वास्थ्य समस्याले काम रोकिन सक्छ। केही धन खर्च हुने र आफ्ना काममा अरूको हस्तक्षेप हुने सम्भावना देखिन्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि छोटो समयमा फाइदा उठाउन सकिनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने सम्भावना छ। साथीभाइसँग भेटघाट हुनाले दिन मनोरञ्जनपूर्ण रहनेछ।
वृष:पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र साँझतिर मनग्य धनलाभ हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।
मिथुन: सेवामूलक कामबाट धनलाभ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतले नयाँ अवसर दिलाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
कर्कट: कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। खेतबारी वा घरको काममा समय बित्नेछ। तापनि साँझतिर विशेष उपलब्धि प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ।
सिंह: विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। साँझतिर विवादास्पद कामले अलमलमा परिने सम्भावाना छ। तापनि केही धनलाभ हुनेछ। हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कन्या: अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। तापनि साँझतिर उपलब्धि प्राप्त गर्न सफल भइनेछ। साथीभाइ र सहयोगी जुटाउने प्रयत्न गर्नुहोला।
तुला: काममा अरूको मुख ताक्नाले पछि परिनेछ। आँटले काम लिन नसकिएला। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुस्ख पाइनेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला। समय लागे पनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ। साँझतिर पेसातर्फ फाइदा उठाउन सकिनेछ।
वृश्चिक: बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।
धनु: आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ। साँझतिर फजुल खर्च बढ्नेछ। काममा दौडधुप गर्नुपर्ला। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा फाइदा हुनेछ।
मकर: तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुने समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। साँझतिर विशेष लाभ हुनेछ। अरूको काममा जुट्नुपरे पनि लाभ मिल्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
कुम्भ:आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। साँझतिर कर्मसिद्धि हुने ग्रहयोग छ। आँटेको काम सम्पादन हुनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ।
मीन: नयाँ योजना थाल्न उपयुक्त साइत पर्खनुहोला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ। रोकिएका काम पनि बिस्तारै सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












