बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेश आर्थिक शून्यता
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ का लागी ल्याएको बजेट पारित नहुँदा आर्थिक शून्यता देखिएको छ । प्रदेश सरकारको बजेट असार मसान्त भित्र प्रदेश सभा बैठकबाट पारित नभएपछि प्रदेश आर्थिक शून्यता तर्फ प्रदेश गएको सरकारी अधिकारीको भनाई छ ।
बजेट पारित नहुँदा सबै भन्दा बढी राजस्व सङ्कलनमा जटिलता उत्पन्न भएको छ भने करका दरहरूमा समस्या देखिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लेखा अधिकृत शिवराज ओझाले असारमा बजेट पारित नहुँदा आर्थिक शून्यता देखिएको बताउनु भयो । बजेट असार ३१ गते (हिजै) पारित हुन पर्थ्यो, भएन, अब आर्थिक जटिलताको स्थिति देखिएको छ, उनले भने।
बजेट पारित नभएका कारण यातायात कार्यालय, मालपोत कार्यालय लगायतका सरकारी अड्डामा नयाँ आर्थिक वर्षका लागि राजस्व सङ्कलनको काम ठप्प भएको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि करिब पौनै ३३ करोड बराबरको बजेट ल्याएको थियो । बजेट पारित नहुने अवस्था सृजना पश्चात् आर्थिक अध्यादेश ल्याउन समेत प्रदेश सरकार असफल भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य नभएकाले तत्काल आर्थिक अध्यादेश ल्याउने बाटो समेत बन्द भएको बताइएको छ । प्रदेश सरकारका प्रवक्ता अक्कल बहादुर रावलले प्रदेश सभाको अधिवेशन अन्त्यका लागि सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको भएपनि त्यसमा ढिलाइ भएको बताएका थिए ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारी तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नु भएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












