बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेश आर्थिक शून्यता
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ का लागी ल्याएको बजेट पारित नहुँदा आर्थिक शून्यता देखिएको छ । प्रदेश सरकारको बजेट असार मसान्त भित्र प्रदेश सभा बैठकबाट पारित नभएपछि प्रदेश आर्थिक शून्यता तर्फ प्रदेश गएको सरकारी अधिकारीको भनाई छ ।
बजेट पारित नहुँदा सबै भन्दा बढी राजस्व सङ्कलनमा जटिलता उत्पन्न भएको छ भने करका दरहरूमा समस्या देखिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लेखा अधिकृत शिवराज ओझाले असारमा बजेट पारित नहुँदा आर्थिक शून्यता देखिएको बताउनु भयो । बजेट असार ३१ गते (हिजै) पारित हुन पर्थ्यो, भएन, अब आर्थिक जटिलताको स्थिति देखिएको छ, उनले भने।
बजेट पारित नभएका कारण यातायात कार्यालय, मालपोत कार्यालय लगायतका सरकारी अड्डामा नयाँ आर्थिक वर्षका लागि राजस्व सङ्कलनको काम ठप्प भएको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि करिब पौनै ३३ करोड बराबरको बजेट ल्याएको थियो । बजेट पारित नहुने अवस्था सृजना पश्चात् आर्थिक अध्यादेश ल्याउन समेत प्रदेश सरकार असफल भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य नभएकाले तत्काल आर्थिक अध्यादेश ल्याउने बाटो समेत बन्द भएको बताइएको छ । प्रदेश सरकारका प्रवक्ता अक्कल बहादुर रावलले प्रदेश सभाको अधिवेशन अन्त्यका लागि सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको भएपनि त्यसमा ढिलाइ भएको बताएका थिए ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारी तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नु भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












