बाइडन तेस्रो पटक कोरोना सङ्क्रमित
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना सङ्क्रमित भएका छन्। राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब परिरहेका बेला उनी कोरोना सङ्क्रमित हुँदा दबाब थप बढ्ने आँकलन गरिँदैछ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारीन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोनाविरुद्धको बुस्टर खोप लागेको अवस्थामा कोरोना सङ्क्रमण भएको हो । ८१ वर्षीय बाइडन यसअघि पनि दुईपटक कोरोना सङ्क्रमित भइसकेका छन्।
अमेरिकी राष्ट्रपति बाइडनले आफू कोरोना सङ्क्रमित भएको जानकारी एक्समार्फत् दिएका छन्। कोरोना सङ्क्रमित भएपछि उनले राष्ट्रपति निर्वाचन केन्द्रीत आफ्ना चुनावी सभा स्थगित गरेका छन्। पछिल्लो समय राष्ट्रपति बाइडनमाथि राष्ट्रपति निर्वाचनको उम्मेदवारीबाट पछि हट्न डेमोक्रेट पार्टीकै तर्फबाट दबाब बढ्न थालेको छ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रत्यक्ष बहसको क्रममा बाइनडको प्रस्तुति निकै कमजोर भएपछि उनलाई राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब बढ्दै गएको हो।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...












