नेपाल र चिनियाँ पर्वतारोहण संघबीच सहकार्य गर्ने द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल पर्वतारोहण संघ र चिनियाँ पर्वतारोहण क्षेत्रमा काम गर्ने चिनियाँ सरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको यो अहिलेसम्मकै ठूलो सम्झौता भएको बताएको छ । दुई संस्थाबीच हाइ अल्टिच्यूड माउन्टेन रेस्क्यू मेकानिजम स्थापना गर्ने सहमति भएको छ ।
नेपाल र चीनका सरकारी प्रतिनिधि र संघका प्रतिनिधि रहने यस्तो मेकानिजमले उद्धारको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउने संघले उल्लेख गरेको छ ।संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच संस्कृतिको प्रवर्द्धन गर्ने सहमति समेत भएको छ ।
त्यसका लागि दुवै निकाय मिलेर हिमालयन माउन्टेनियरिङ कल्चरल सेन्टर निर्माण गर्ने सहमति समेत भएको छ । दुई निकायबीच दुवै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति समेत भएको छ ।
सगरमाथा लगायतका हिमालको आरोहणमा जाने आरोहीलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणमा काम गर्ने समेत सहमति भएको छ । दुई निकायबीच आरोहण क्षेत्रमा अनुभवि जनशक्ति उतपादन गर्ने सहमति समेत भएको छ ।
सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघले उच्च स्तरको पर्वतारोहण तालिम लिन जनशक्ति अब आरोहीलाई नेपाल पठाउने भएको छ । उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदान प्रदान तथा दुर्घटनामा तत्काल उद्धारमा सहकार्य गर्ने बारे द्विपक्षीय सम्झौता भएको हो ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












