जाजरकोट-भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका जिल्ला नेतृत्वले जाजरकोट-भूकम्पबाट प्रभावित अधिकांशहरूले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई भेटेर ती जिल्लाका प्रतिनिधिमण्डलले गत कात्तिक १७ गतेको उक्त भूकम्पबाट प्रभावितका लागि सरकारले दिने तय गरेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा पुनः निर्माणका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्नको माग गरिएको छ । यसैगरी सशस्त्र द्वन्द्वकालीन र विभिन्न घटनामा नेकपा (माओवादी केन्द्र) इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको छ ।
ज्ञापनपत्र बुझाउन एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्व राज्यमन्त्री गोपाल जङ्ग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुम-पूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, सोही कांग्रेसका प्रदेश सदस्य सरिता बिसी, रुकुम-पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, सोही जिल्लाका एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटालगायत सहभागी थिए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












