१०० अंकको करेक्सनसहित ३५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब बढी
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकको करेक्सनसहित ३५ अंकले बढेको छ । सोमबारको तुलनामा कारोबार २ अर्ब रुपैयाँले घटे पनि बजार भने बढेको हो । नेप्सेका १३ वटामध्ये ४ बाहेक सबै समूहमा हरियाली छायो । तर वाणिज्य बैंकि समूह, म्युचअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह भने राताम्य भयो ।
प्रि-ओपन सेसनमा ८ अंकले बढेर सुरु भएको नेप्से बजार खुलेको केही मिनेटमै घटेको थियो । १२ बजेर १४ मिनेटसम्म नेप्से बढ्ने र घट्ने क्रम जारी रहँदा त्यसपछि भने निरन्तर १२ः४० सम्म घट्यो । १२ः४० बाट नेप्से पुनः बुल ट्रेन्ड समातेर उकालो लाग्यो । नेप्से उकालो लाग्दा २ः२३ मिनेटमा भने २७ सयको बिन्दु समेत पार गर्यो । एकै दिन नेप्सेमा १०० अंकको करेन्सन भएर बजार पुनः बढ्यो ।
मंगलबार उच्चतम् २७०९ बिन्दुमा पुगेको नेप्से बजार बन्द हुने बेला पुनः करेक्सन भएर २६९६.६५ बिन्दुमा कायम भयो । बजार बन्द हुँदा नेप्से ३५.५५ अंकले वृद्धि भयो । नेप्से १.३३ प्रतिशतले बढ्दा आज १८९ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । मंगलबार एकै दिन १७ अर्ब २६ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर २ लाख ६ हजार ६४३ पटक किनबेच भयो ।
आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ४७ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । ११ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । थप ५ कम्पनीको शेयर मूल्य ८ प्रतिशतले वृद्धि भयो । आज एउटामात्रै कम्पनी (एसियन हाइड्रोपावर लिमिटेड)को शेयरमा नकारात्मक सर्किट लाग्यो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












