१०० अंकको करेक्सनसहित ३५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब बढी
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकको करेक्सनसहित ३५ अंकले बढेको छ । सोमबारको तुलनामा कारोबार २ अर्ब रुपैयाँले घटे पनि बजार भने बढेको हो । नेप्सेका १३ वटामध्ये ४ बाहेक सबै समूहमा हरियाली छायो । तर वाणिज्य बैंकि समूह, म्युचअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह भने राताम्य भयो ।
प्रि-ओपन सेसनमा ८ अंकले बढेर सुरु भएको नेप्से बजार खुलेको केही मिनेटमै घटेको थियो । १२ बजेर १४ मिनेटसम्म नेप्से बढ्ने र घट्ने क्रम जारी रहँदा त्यसपछि भने निरन्तर १२ः४० सम्म घट्यो । १२ः४० बाट नेप्से पुनः बुल ट्रेन्ड समातेर उकालो लाग्यो । नेप्से उकालो लाग्दा २ः२३ मिनेटमा भने २७ सयको बिन्दु समेत पार गर्यो । एकै दिन नेप्सेमा १०० अंकको करेन्सन भएर बजार पुनः बढ्यो ।
मंगलबार उच्चतम् २७०९ बिन्दुमा पुगेको नेप्से बजार बन्द हुने बेला पुनः करेक्सन भएर २६९६.६५ बिन्दुमा कायम भयो । बजार बन्द हुँदा नेप्से ३५.५५ अंकले वृद्धि भयो । नेप्से १.३३ प्रतिशतले बढ्दा आज १८९ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । मंगलबार एकै दिन १७ अर्ब २६ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर २ लाख ६ हजार ६४३ पटक किनबेच भयो ।
आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ४७ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । ११ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । थप ५ कम्पनीको शेयर मूल्य ८ प्रतिशतले वृद्धि भयो । आज एउटामात्रै कम्पनी (एसियन हाइड्रोपावर लिमिटेड)को शेयरमा नकारात्मक सर्किट लाग्यो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












