नेप्सेमा झिनो अंकको करेक्सन, पौने २२ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको करेक्सन आएको छ । बिहीबार नेप्सेमा झिनो अंकको करेक्सन आउँदा करिब पौने २२ अर्बको कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा ६ वटा समूहको नेप्से भने बढेको छ । नेप्से ५.२९ अंकले नेप्से घट्ता १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से ०.१९ प्रतिशतले नेप्से घटेर २७५५.६२ विन्दुमा पुग्दा १३ वटा समूहमध्ये ७ वटा समूह राताम्य भएको छ ।
बिहीबार प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूहको शेयर घटेको छ । उक्त समूहको शेयर ३.५७ प्रतिशतले घटेर ३६४५.८४ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम अन्य समूहको शेयर मूल्य घटेको छ । अन्य समूह ०.२२ प्रतिशतले घटेर २०७४.०७ विन्दुमा पुगेको छ ।
प्रतिशतको आधारमा लाइफ इन्स्वरेन्सको शेयर मूल्य बढेको छ । उक्त समूह ३.६९ प्रतिशत अर्थात ४७४.७२ अंकले बढेर १३३०७.४७ बिन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम हाइड्रो समूहको बढेको छ । हाइड्र ०.३५ प्रतिशतले बढेर ७२७३.६७ विन्दुमा पुगेको छ ।
नेप्सेमा करेक्सन आउँदा पनि कारोबार भने बुधबारको तुलनामा नै भएको छ । बुधबार भन्दा २० करोड रुपैयाँ कारोबार भएको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको नेप्से बजार बन्द हुँदा ५ अंकले घटेपनि कारोबार २१ अर्ब ७१ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको भएको छ ।
बजार खुलेको ११ मिनेटसम्म बढेको नेप्सेमा त्यसपछि भने ओरालो लागेको थियो । बिहीबार नेप्सेले १२ बजेर २८ मिनेट पछि २८ सयको विन्दु समेत पार गर्दा १२ बजेर ५० मिनेट पछि भने २८ सयको विन्दुबाट तल झरेको थियो । त्यसपछि भने बजार निरन्तर १ः५० सम्म लागेको थियो । बिहीबार १ः५० बाट नेप्सेमा फेरी सुधार आएर २ बजेसम्म बजार बढेको थियो । २ बजे पछि भने नेप्से निरन्तर ओरालो गतिमा गएको थियो । २ बजे पछि बीचमा केही करेक्सन आएर बजार थोरै माथि गएको भएपनि साढे २ पछि भने बजार ओरालो लागेको थियो ।
निरन्तर ओरालो लागेको बजार २ः५४ देखि भने फेरी सुधार आएको थियो । तर बजार बन्द हुँदासम्म भने नेप्से बढेन भने सकेको देखिएन । नेप्से रातो हुँदा ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच भएको थियो । ३३२ वटा कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक कारोबार हुँदा ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । नेप्से घट्ता पनि ९ कम्पनीको शेयर भने सकारात्मक सर्किट लाग्यो । एक कम्पनीको शेयर भने नकारात्मक सर्किट लाग्यो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












