नेप्सेमा झिनो अंकको करेक्सन, पौने २२ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको करेक्सन आएको छ । बिहीबार नेप्सेमा झिनो अंकको करेक्सन आउँदा करिब पौने २२ अर्बको कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा ६ वटा समूहको नेप्से भने बढेको छ । नेप्से ५.२९ अंकले नेप्से घट्ता १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से ०.१९ प्रतिशतले नेप्से घटेर २७५५.६२ विन्दुमा पुग्दा १३ वटा समूहमध्ये ७ वटा समूह राताम्य भएको छ ।
बिहीबार प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूहको शेयर घटेको छ । उक्त समूहको शेयर ३.५७ प्रतिशतले घटेर ३६४५.८४ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम अन्य समूहको शेयर मूल्य घटेको छ । अन्य समूह ०.२२ प्रतिशतले घटेर २०७४.०७ विन्दुमा पुगेको छ ।
प्रतिशतको आधारमा लाइफ इन्स्वरेन्सको शेयर मूल्य बढेको छ । उक्त समूह ३.६९ प्रतिशत अर्थात ४७४.७२ अंकले बढेर १३३०७.४७ बिन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम हाइड्रो समूहको बढेको छ । हाइड्र ०.३५ प्रतिशतले बढेर ७२७३.६७ विन्दुमा पुगेको छ ।
नेप्सेमा करेक्सन आउँदा पनि कारोबार भने बुधबारको तुलनामा नै भएको छ । बुधबार भन्दा २० करोड रुपैयाँ कारोबार भएको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको नेप्से बजार बन्द हुँदा ५ अंकले घटेपनि कारोबार २१ अर्ब ७१ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको भएको छ ।
बजार खुलेको ११ मिनेटसम्म बढेको नेप्सेमा त्यसपछि भने ओरालो लागेको थियो । बिहीबार नेप्सेले १२ बजेर २८ मिनेट पछि २८ सयको विन्दु समेत पार गर्दा १२ बजेर ५० मिनेट पछि भने २८ सयको विन्दुबाट तल झरेको थियो । त्यसपछि भने बजार निरन्तर १ः५० सम्म लागेको थियो । बिहीबार १ः५० बाट नेप्सेमा फेरी सुधार आएर २ बजेसम्म बजार बढेको थियो । २ बजे पछि भने नेप्से निरन्तर ओरालो गतिमा गएको थियो । २ बजे पछि बीचमा केही करेक्सन आएर बजार थोरै माथि गएको भएपनि साढे २ पछि भने बजार ओरालो लागेको थियो ।
निरन्तर ओरालो लागेको बजार २ः५४ देखि भने फेरी सुधार आएको थियो । तर बजार बन्द हुँदासम्म भने नेप्से बढेन भने सकेको देखिएन । नेप्से रातो हुँदा ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच भएको थियो । ३३२ वटा कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक कारोबार हुँदा ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । नेप्से घट्ता पनि ९ कम्पनीको शेयर भने सकारात्मक सर्किट लाग्यो । एक कम्पनीको शेयर भने नकारात्मक सर्किट लाग्यो ।
Comments
अरु समाचार
-
सुनको मूल्य बढ्यो
काठमाडौं । पछिल्ला दिनमा लगातार ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला...
-
नेपाली पासपोर्ट टेन्डरः प्रतिस्पर्धामा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनी
काठमाडौं । राहदानी विभागले ६४ लाख पासपोर्ट छपाइका लागि अघि बढाएको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी आइरिसिस बाहिरिएको छ। विभागले सार्वजनिक...
-
सगरमाथा संवादमा एक सय ७५ विदेशी प्रतिनिधि सहभागी हुने
काठमाण्डाै । आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा...
-
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । पछिल्ला दिनहरुमा लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि घटेको छ । सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको...
-
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा गिरावट आईरहेको छ । हिजो बैशाख २८ गते आइतबार प्रतितोला ३ सय...
-
अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक छन्ः नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक भएको तथ्यांक सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको ९ महिनामा...
-
नेपालमा विदेशी विनिमय सञ्चिति २६ खर्ब रुपैयाँ नजिक
काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २६ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार...
-
ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम पारित
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।...
-
आज सुनको मूल्य घट्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत...