सुशासन र समृद्धिका लागि वर्तमान सरकार : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताएकी छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले जनतामा आशा जगाउने लक्ष्यका साथ ठूला दुई दल मिलेर सरकार बनेको बताइन् ।
मन्त्री भट्टराईले वर्तमान सरकारलाई अनुशासन विपरीत काम गर्ने छुट नभएको र कानुनी अड्चनलाई आवश्यकता अनुसार परिमार्जन गरेर अघि बढ्ने विश्वास व्यक्त गरिन्। रोजगार सुनिश्चित गर्ने खालको शिक्षा वर्तमानको आवश्यकता हो भन्दै उनले बढ्दो युवा पलायनलाई रोक्न पनि सबै मिलेर काम गर्नुपर्ने बताए । मन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि आवश्यक पहल भइरहेको जानकारी दिँदै यसबाट पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखिन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले उद्योगी–व्यवसायीहरूले संस्थागत हक अधिकारको सुनिश्चिततासहित उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
संस्थाका अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री लगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिले उद्योग–व्यवसायको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गरेका थिए।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सद्वारा प्रकाशित ‘पोखरा चेम्बर दर्पण’ को लोकार्पण गर्नुका साथै संस्थागत विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












