लेखक तथा कवि नेत्रप्रसाद गौतमद्वारा लिखित पुस्तकको नेतादेखि विद्वानले यसरी गरे विश्लेषण (फोटोसहित)
काठमाडौं । लेखक तथा कवि नेत्रप्रसाद गौतमद्वारा लिखित ६ वटा कृतिमाथि शुक्रबार काठमाडौंमा परिचर्चा गरिएको छ । साहित्यकार एवम् एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका गौतमका ६ वटा कृति समेटिएका तीनवटा पुस्तकमाथि परिचर्चा गरिएको हो । गौतमका कृतिहरुमा मेरो इतिवृत्ति, मनुष्य पुराण, भूत पिसाच कथा संग्रह र नेत्र सरका तीन खण्ड काव्य प्रकाशित छन् । तीन खण्ड काव्यहरुमा ‘मेरो देश मेरो यात्रा’, ‘बागमती रुन्छिन्’ र ‘मेरी उनी’ रहेका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, राष्ट्रिय समितिले आयोजना गरेको परिचर्चा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले कवि तथा लेखक गौतम अहोरात्र समाज परिवर्तन गर्नका लागि केही गर्ने सोच भएका अविराम यात्री भएको भन्दै प्रशंसा गर्नुभयो । गौतमका कृतिहरु समाज परिवर्तका लागि सन्देशवाहक भएको जनाउँदै राजनीतिक भूमिकाको पनि एमाले उपाध्यक्ष बरालले प्रशंसा गर्नुभयो ।
एमाले उपाध्यक्ष बरालले साहित्यकार गौतमका पाँचवटा पक्षको खुलेर चर्चा गर्नुभयो । उहाँले गौतम देश, जनता र परिवर्तनको धरातलमा उभिएको व्यक्ति भएको आफूले पाएको जनाउनु भयो । यस्तै सही धरातल मात्रै होइन, सही दिशातर्फ लाग्ने र कामलाई निरन्तरता दिने व्यक्ति गौतम भएको जनाउनु भयो । यस्तै गौतम कुनै पनि विघ्नवाधा हटाउँदै हिँड्ने एकजना इच्छाशक्ति भएको व्यक्तित्व भएको जनाउनु भयो । यस्तै उहाँ स्वप्नशील र सिर्जनशील व्यक्ति भएको जनाउँदै तथ्यमाथि उभिएर सत्य पत्ता लगाउने व्यक्ति गौतम भएको प्रष्ट पार्नु भयो ।
कार्यक्रमका प्रमुख परिचर्चाकार सुवोध प्याकरेलले कवि तथा लेखक गौतम असल विचार रोज्ने असल व्यक्तित्व भएको जनाउनु भयो । गौतमका कृतिमा ग्रामिण जीवनका समस्याहरु सरल तथा रमाइलो ढंगले प्रस्तुत भएको पाएको प्याकुरेलको भनाइ थियो ।
समीक्षक घनश्याम कोइरालाले गौतममा कल्पनाशीलता र सिर्जनशीलता दुवै पक्ष अब्बल भएको आफूले महसुस गरेको जनाउनु भयो । गौतमले लेखेका पुस्तकमा तार्किक जोडघटाउ गर्न आवश्यक नभएको र जे देख्यो, त्यही लेख्यो भन्ने पाएको उल्लेख गर्नुभयो ।
यस्तै समीक्षक झमकप्रसाद शर्माले गौतमका सिर्जना जोकोही साहित्यकारका लागि लोभलाग्दा भएको जनाउनु भयो । यसैगरी समीक्षक रवीन्द्र भट्टराइले मनुष्य पुराणलाई केन्द्रमा राखेर विश्लेषण गर्नुभयो । उहाँले मनुष्य पुराण र इतिवृत्तिलाई एउटै पुस्तकमा नसमेटीकन मनुष्य पुराणलाई चाहिँ विषयवस्तुहरु थपेर एक अलग पुस्तकका रुपमा प्रकाशन गर्न सुझाव दिनु भयो ।
समिक्षक प्राध्यापक डा रमेश ढुंगेलले आफूलाई सानैदेखि पढाएका गौतम गुरुको सिर्जनशीलता राम्रो पक्ष भएको जनाउनु भयो । उहाँले गौतमका कृतिले बस्तुवाद, वैज्ञानिकता, भौतिकवाद र परिवर्तनको प्रतिनिधित्व गरेको टिप्पणी गर्नु भएको थियो ।
उपप्राध्यापक टीएन घिमिरेले लेखक एवम् कवि गौतमसँग प्रश्नोत्तर कार्यक्रम गर्नु भएको थियो । प्रश्नोत्तरले गौतमको बाल्यकालदेखि अहिलेसम्मको संघर्ष, देश र साहित्यप्रतिको योगदान अझै स्पष्ट भएको थियो ।
गौतमको कृतिमाथि परिचर्चाको सुरुवातमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, राष्ट्रिय समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता पनि अधिकारीले नै गर्नु भएको थियो । एमालेका केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका कवि एवम् लेखक गौतमका कृतिहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १२ गते विमोचन गर्नु भएको थियो । प्रधानमन्त्री गौतमका कृतिहरूको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा विमोचन गर्नु भएको थियो ।
साहित्यकार गौतम एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका पिता हुनुहुन्छ । साहित्यकार गौतमको जन्म संखुवासभामा भइ त्यहीँ रहेर साहित्यिक र राजनीतिक योगदान दिनु भएको थियो ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












