लेखक तथा कवि नेत्रप्रसाद गौतमद्वारा लिखित पुस्तकको नेतादेखि विद्वानले यसरी गरे विश्लेषण (फोटोसहित)
काठमाडौं । लेखक तथा कवि नेत्रप्रसाद गौतमद्वारा लिखित ६ वटा कृतिमाथि शुक्रबार काठमाडौंमा परिचर्चा गरिएको छ । साहित्यकार एवम् एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका गौतमका ६ वटा कृति समेटिएका तीनवटा पुस्तकमाथि परिचर्चा गरिएको हो । गौतमका कृतिहरुमा मेरो इतिवृत्ति, मनुष्य पुराण, भूत पिसाच कथा संग्रह र नेत्र सरका तीन खण्ड काव्य प्रकाशित छन् । तीन खण्ड काव्यहरुमा ‘मेरो देश मेरो यात्रा’, ‘बागमती रुन्छिन्’ र ‘मेरी उनी’ रहेका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, राष्ट्रिय समितिले आयोजना गरेको परिचर्चा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले कवि तथा लेखक गौतम अहोरात्र समाज परिवर्तन गर्नका लागि केही गर्ने सोच भएका अविराम यात्री भएको भन्दै प्रशंसा गर्नुभयो । गौतमका कृतिहरु समाज परिवर्तका लागि सन्देशवाहक भएको जनाउँदै राजनीतिक भूमिकाको पनि एमाले उपाध्यक्ष बरालले प्रशंसा गर्नुभयो ।
एमाले उपाध्यक्ष बरालले साहित्यकार गौतमका पाँचवटा पक्षको खुलेर चर्चा गर्नुभयो । उहाँले गौतम देश, जनता र परिवर्तनको धरातलमा उभिएको व्यक्ति भएको आफूले पाएको जनाउनु भयो । यस्तै सही धरातल मात्रै होइन, सही दिशातर्फ लाग्ने र कामलाई निरन्तरता दिने व्यक्ति गौतम भएको जनाउनु भयो । यस्तै गौतम कुनै पनि विघ्नवाधा हटाउँदै हिँड्ने एकजना इच्छाशक्ति भएको व्यक्तित्व भएको जनाउनु भयो । यस्तै उहाँ स्वप्नशील र सिर्जनशील व्यक्ति भएको जनाउँदै तथ्यमाथि उभिएर सत्य पत्ता लगाउने व्यक्ति गौतम भएको प्रष्ट पार्नु भयो ।
कार्यक्रमका प्रमुख परिचर्चाकार सुवोध प्याकरेलले कवि तथा लेखक गौतम असल विचार रोज्ने असल व्यक्तित्व भएको जनाउनु भयो । गौतमका कृतिमा ग्रामिण जीवनका समस्याहरु सरल तथा रमाइलो ढंगले प्रस्तुत भएको पाएको प्याकुरेलको भनाइ थियो ।
समीक्षक घनश्याम कोइरालाले गौतममा कल्पनाशीलता र सिर्जनशीलता दुवै पक्ष अब्बल भएको आफूले महसुस गरेको जनाउनु भयो । गौतमले लेखेका पुस्तकमा तार्किक जोडघटाउ गर्न आवश्यक नभएको र जे देख्यो, त्यही लेख्यो भन्ने पाएको उल्लेख गर्नुभयो ।
यस्तै समीक्षक झमकप्रसाद शर्माले गौतमका सिर्जना जोकोही साहित्यकारका लागि लोभलाग्दा भएको जनाउनु भयो । यसैगरी समीक्षक रवीन्द्र भट्टराइले मनुष्य पुराणलाई केन्द्रमा राखेर विश्लेषण गर्नुभयो । उहाँले मनुष्य पुराण र इतिवृत्तिलाई एउटै पुस्तकमा नसमेटीकन मनुष्य पुराणलाई चाहिँ विषयवस्तुहरु थपेर एक अलग पुस्तकका रुपमा प्रकाशन गर्न सुझाव दिनु भयो ।
समिक्षक प्राध्यापक डा रमेश ढुंगेलले आफूलाई सानैदेखि पढाएका गौतम गुरुको सिर्जनशीलता राम्रो पक्ष भएको जनाउनु भयो । उहाँले गौतमका कृतिले बस्तुवाद, वैज्ञानिकता, भौतिकवाद र परिवर्तनको प्रतिनिधित्व गरेको टिप्पणी गर्नु भएको थियो ।
उपप्राध्यापक टीएन घिमिरेले लेखक एवम् कवि गौतमसँग प्रश्नोत्तर कार्यक्रम गर्नु भएको थियो । प्रश्नोत्तरले गौतमको बाल्यकालदेखि अहिलेसम्मको संघर्ष, देश र साहित्यप्रतिको योगदान अझै स्पष्ट भएको थियो ।
गौतमको कृतिमाथि परिचर्चाको सुरुवातमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, राष्ट्रिय समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता पनि अधिकारीले नै गर्नु भएको थियो । एमालेका केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका कवि एवम् लेखक गौतमका कृतिहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १२ गते विमोचन गर्नु भएको थियो । प्रधानमन्त्री गौतमका कृतिहरूको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा विमोचन गर्नु भएको थियो ।
साहित्यकार गौतम एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका पिता हुनुहुन्छ । साहित्यकार गौतमको जन्म संखुवासभामा भइ त्यहीँ रहेर साहित्यिक र राजनीतिक योगदान दिनु भएको थियो ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












