भारतका विदेशसचिव विक्रम मिश्री आज काठमाडौं आउँदै
काठमाडौं। भारतका विदेशसचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ। परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउन लाग्नु भएको हो ।
विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटबार्ता गर्ने तालिका छ । उहाँ सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
काठमाडौं । जुम्लामा यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास...
-
शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति
काठकमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल...
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
-
आज लक्ष्मी पूजा : सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा...
-
नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल...
-
प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन् ।...
-
बुवाको काजकिरिया गर्दै ५ छोरी, भन्छन्– बुवाको त्यागको सम्मान गर्दै किरिया गरेका हौं
सुन्दरहरैंचा (केशव भट्टराई) । मोरङको सुन्दरहरैंचाका शाही परिवारका पाँच दिदीबहिनीले छोरा नै किरियापुत्री बस्नुपर्छ भन्ने मान्यतालाई तोडिदिएका छन् । तिहारको...
-
महिला फुटबल टिमका प्रशिक्षक तामाङले किन दिए राजीनामा ?
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। बुधबार फाइनल...
-
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर...