सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । ‘गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा’ लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन डिपार्टमेण्टल स्टोर सञ्चालन गर्दै आएको सेलवेज ग्रुप अन्तगर्तको सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.(सेल्सबेरी) ले करोडौं रुपैयाँ राजस्व छली गरेको विषयमा उजुरी परि अहिले राजस्व अनुसन्धान विभागले छानबिन अनुसन्धान गरिरहेको बुझिन आएको छ। आर्थिक वर्ष २०७९/८० मा करिव २ अर्बको कारोबार गरेको सेलवेज क्यास एण्ड क्यारीले आर्थिक वर्ष २०८०/८१ मा भने करिव १ अर्ब ५० करोड मात्र कारोबार गरेको हिसाब देखाएर करिव ५० करोड कारोबारको मुनाफामा राजस्व छलेको पाइएको छ। राजस्व छलीबाट आर्जित रकमबाट कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सुशिलमान प्रधानाङ्गले महाराजगञ्जमा जग्गा खरिद गरि भव्य आधुनिक भवन निर्माण गर्न थालेका छन्। जबकी प्रा. लि. को नामको कारोबारबाट व्यक्तिका नाममा जग्गा खरिद गरि भव्य आधुनिक भवन निर्माण गर्न पाइँदैन।
सेलवेज क्यास एण्ड क्यारीले कम्पनीको २०७९/८० मा दायित्व करिव २ अर्ब ३५ करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ५७ करोड बढाएर २ अर्ब ९२ करोड रूपैयाँ पुरयाएको छ। यस विषयको वास्तविक तथ्याङक राजस्व अनुसन्धान विभागले तीन-चार पटक पत्राचार गरि माग्दा समेत सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. ले विभागलाई वास्तविक कारोवारको डाटा आफ्नो कम्पनीसँग नभएको र यससम्बन्धी सबै तथ्याङक डाटा हवसँग भएको बताएर उतै माग्न पत्रचार गरेर राजस्व छली रहेको सेल्सबेरी स्रोतले बताएको छ। विभागमा डाटा हवले यकिन तथ्यांक नदिएको र टार्दै आएको छ। यस सम्बन्धमा राजस्व अनुसन्धान विभागले अब यस प्रा.लि.लाई करोडौं राजस्व छलीमा धरौटी माग गरि मुद्दा चलाउने सम्भावना बढेको समाचार स्रोतले बताएको छ।
सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.ले बीचमा दुई-तिन वटा राजस्व छली गर्न खरिदबिक्री गर्ने नक्कली कम्पनी खडा गरि ती कम्पनी मार्फत ग्रोसरी, लिक्वेयर, फोजन फुड,डेरी एण्ड फ्र्स प्रोडक्ट,पर्सनल केयर, हाउस होल्ड आइटम, गार्मेन्ट लगायतका सामान खरिद गर्ने, सामानको बिक्री कारोबार नगदमा गर्ने तर पार्टीलाई समयमा रकम भुक्तानी नगरि रकम तिर्न बाँकी राखेर, तिर्न बुझाउन दायित्व बाँकी देखाएर पनि राजस्व छली गरेको पाइएको छ। यसमा कम्पनीका प्रमुख वृत्त अधिकृत सन्दिप प्रधानाङ्ग लागिरहेको सेल्सबेरी डिपार्टमेन्ट स्टोर स्रोतले बताएको छ।
विगत दश वर्षदेखि सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.ले सेल्सबेरी ब्राण्डमा ४० वटा डिपार्टमेन्ट स्टोर (शाखा) मार्फत आफ्नो व्यापार, व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । यस प्रा.लि. ले सन २०२६ सम्म देशभर एकसय वटा शाखा विस्तार गरी दुई हजार जनशक्तिलाई प्रत्यक्ष रोजगार सिर्जना गर्ने लक्ष्य लिएको दाबी गर्दै आएको छ। सेल्सबेरीले काठमाडौंको महाराजगञ्जमा गत बैशाख २१ गतेदेखि अत्याधुनिक भवन निर्माण सुरू गरेको थियो। त्यो अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधासहितको रेष्टुरेण्टसहित स्वदेशी एवम् विदेशी सामानहरु महँगो मूल्यमा बिक्री गर्ने जनाएको थियो। उक्त अत्याधुनिक भवनको चौथो तलामा बेसमेन्ट पार्किङ पनि रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिलमान प्रधानाङ्गले जनाएका थिए । भुईँ तलादेखि छैठौं तलासम्म डिपार्टमेण्टल स्टोर सञ्चालन गर्ने योजना छ । सातौँ र आठौँ तलामा विभिन्न कर्पोरेट अफिसहरु रहने, नवौँ, दशौँ तथा एघारौँ तलामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवासुविधा सहितको रेष्टुरेण्ट एवम् बार सञ्चालन गर्ने र बाह्रौँ तलामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर सञ्चालन गर्ने दाबी गरेको छ । उक्त भवनको तेह्रौँ तलामा भ्यू टावर रहने र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने पनि सो कम्पनीले दाबी गरेको छ ।
उक्त अत्याधुनिक भवनमा सेल्सबेरी व्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा सञ्चालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट सपिङ डेस्टिनेशन हुने कम्पनीले दाबी गरेको छ । यसैगरि सेल्सबेरीले गत वैशाख महिनादेखि कालिमाटी काठमाडौंको कालिमाटी ट्रेड सेन्टरमा पनि आउटलेट सञ्चालनमा ल्याएको थियो।
काठमाडौंको महाराजगन्जमा सेल्सबेरी टावरको निर्माण सुरू र कालिमाटी ट्रेड सेन्टरको आउटलेट सुरु गरेपनि करोडौं राजस्व छली गरेर छानबिन अनुसन्धान भैरहेकाले यस कम्पनीलाई २०/२५ करोड राजस्व छलीमा मुद्दा चल्न सक्ने सेल्सबेरी स्रोतले बताएको छ। यस कम्पनीले ग्राहक वर्गलाई विभिन्न सामानको खरिदमा नगददेखि कारसम्म उपहार पाउने लोभ देखाएर ठगी गर्दै आएको छ। कम्पनीले काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु सञ्चालन गर्ने दाबी गरिरहेको छ । हरेकवर्ष सानो, मध्यम तथा ठूलो स्तरको १०/१५ वटासम्म आउटलेट (शाखा) विस्तार गर्ने लक्ष्य कम्पनीको देखिन्छ । तर त्यसको कम्पनीले वास्तविक आम्दानीको पारदर्शी हिसावकिताव देखाउन सकिरहेको छैन। ऋण दायित्व बढेको देखाएर राजस्व छली गरिरहेको स्रोतको दाबी रहेको छ।
यस कम्पनीको राजस्व ठगी र छलीका बारेमा राजस्व अनुसन्धान विभागले छिटो छानबिन अनुसन्धान गरी मुद्धा चलाउनुपर्ने देखिन्छ । यस कम्पनीले विभागलाई सही डेटा उपलब्ध नगराएकाले विभागले कम्पनीका आउटलेटहरुमा छापा मारेर कागजपत्र र कम्प्युटर लिई छानबिन गर्नुपर्ने देखिन्छ । यसमा विभागले किन ढिलासुस्ती गरेको हो बुझ्न सकिएको छैन । यस सम्बन्धमा यस न्युज नेपाल डटकमको अनुसन्धान जारी छ ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











