विवेकका पाना पल्टाउन नसक्नेबाट न्यायको अपेक्षा गर्न सकिन्न : वरिष्ठ अधिवक्ता उप्रेती
काठमाडौं । वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले सर्वोच्च अदालतका न्यायाधीशहरुको क्षमता, योग्यता र अनुभवको कमीका कारण सही फैसला हुन नसकेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार स्टाटस लेख्दै अधिवक्ता उप्रेतीले कुनै पनि मुद्धा राम्रोसँग बुझ्दै नबुझी सुरु सदर गर्ने गरेको उल्लेख गरेका छन् ।
वरिष्ठ अधिवक्ता उप्रेती सामाजिक सञ्जालमा लेख्छन्, ‘न्यायाधीशको क्षमता योग्यता र अनुभवको कमी भएपछि मुद्दाको फैसला उल्टाउनुभन्दा सदर गर्न, रिट जारी गर्नु भन्दा खारेज गर्न, फौजदारी मुद्दामा सफाइ दिनुभन्दा ठहर गर्न सजिलो हुँदोरहेछ । उनले विवेकका पाना पल्टाउन नसक्नेबाट न्यायको अपेक्षा गर्न नसकिने पनि जनाएका छन् ।’
वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीकाे फेसबुक स्टाटस जस्ताको जस्तै :
‘न्यायाधीशको क्षमता योग्यता र अनुभवको कमी भएपछि मुद्दाको फैसला उल्टाउनु भन्दा सदर गर्न, रिट जारी गर्नु भन्दा खारेज गर्न, फौजदारी मुद्दामा सफाइ दिनुभन्दा ठहर गर्न सजिलो हुँदो रहेछ । मानिस भित्रको विवेक खोज्न शरीर पुरै चिरफार गर्दा पनि विवेक फेला नपरे जस्तै मिसिलका पाना पल्टाउँदा न्याय भेटिन्न । विवेकका पाना पल्टाउन नसक्नेबाट न्यायको अपेक्षा गर्न सकिदैनँ । यी दुरूह दिनहरूको अन्त्य चाँडै होला जस्तो पनि लाग्दैन ।’
वरिष्ठ अधिवक्ता उप्रेतीले स्टाटस लेखेपछि धेरैले कमेन्ट गरेका छन् । केही फेसबुक प्रयोगकर्ताको कमेन्ट यस्ताे छ:
प्रेमप्रसाद सञ्जेलः मुद्दा छिन्दा यदि म सँग क्षमता छैन भने मेरो आफ्नो विवेकको निर्णय हुने कुरै भएन । अतः म कि अरुको नक्कल गर्छु कि कमाउने बाटोमा लाग्छु । कमाउने बाटोमा जाँदा घुसदाताको कुरो डिक्टेसन लिएर पुनर्लेखन गरे पुग्छ । घुस नखाई र कसैको प्रभावमा नपरी न्याय पर्ने गरी फैसला गर्नु र प्रसूती हुनु बराबर हो । मैले श्रममा हुँदा श्रम अदालतले पुन दोहोर्याई फैसला गर्नु भनेको मुद्दा हुलाकबाट प्राप्त भएकै दिन फैसला गर्ने अठोट गरेर मिसिल हेर्दा सोहि राति २.३७ बजे फैसला गरेँ । कम्पुटर अपरेटरको ठाउँमा इन्जिनियर पास भएका भाइले जागिर खादै थिए । उनी हाल इन्जिनियरमा मास्टर गरि अस्ट्रेलियामा छन् । उनले टाइप गर्दा मिति हिजोको राखौं कि भोलिको राखौं भन्दा हिजो राख भने र उही दिन फैसला गरेँ । मलाई याद छ । घुस नखाई न्याय गर्न कति गाह्रो छ ।
मोहनकृष्ण खनाल : यो गहन विषय हो । न्यायाधीश हँदैमा न्यायिक मन हुन्छ भन्न सकिदैन । न्यायाधीश नभएको व्यक्तिको पनि न्यायिक मन हुन्छ । ऐले चलेको समयमा न्यायिक मन भएका व्यक्ति पाउन अति नै गाह्रो छ त्यसमा पनि फौजदारी मुद्दाको हालत त अकल्पनिय छ । देवानी मुद्दा वुझ्ने न्यायाधीश पनि धेरै कम छन् भन्ने यही मुहार पुस्तिकामा हालसालै पढेको थिएँ । हो नैं ।
अनारसिंह कार्की : न्यायाधीशमा कार्यकर्ता भर्ती गर्दा वकिलहरुले बहिष्कार गर्न सकेको भए केहि हुने थियो कि त्यतिबेला त आफ्नै पक्षको न्यायाधीश भनेर बधाई दिन हतार गरेपछि अहिले न्याय होइन फैसलामै चित्त बुझाउनु राम्रो ।
सिताराम तिवारीः राजनैतिक दलको फेरो समातेर र क्षमताभन्दा पनि आफ्ना मानिसलाई न्यायालयमा हुलेपछि कहॉबाट न्याय पाईएला ?मुद्दा फर्छ्यौट भए पुगी हाल्यो नि किन न्याय पर्नू पर्यो ? कॉडेदार बबूल रोपेर मलजल जती हाले पनि त्यस बोटबाट मिठो फलको आश राख्नू हॉम्रो नै समझको फेरि हो । तर यस्तो टिप्पणी नियुक्त भएका सबैमा समानरूपमा लागु हुदैन है । किनभने योग्यता र क्षमता भएका पनि छन्, तिनका हकमा अन्याय हुनजान्छ जसले गर्दा ती योग्य र ईमान्दारप्रति कसैको मन पनि धमिलो नहोस् ।
छवि ढकालः अहिलेका न्यायाधीशले तथ्य र प्रमाणलाई बङ्ग्याएर जे मन लाग्यो त्यहि फैसला गर्छन् । यिनीहरु अघोषित कसाई नै हुन अनि अदालतको फैसला मान्नु पर्ने रे ।
ध्रुव श्रेष्ठः न्यायाधीशलाई मुद्दामा फैसला गर्ने क्रममा वहसपैरवी गर्दा वकीलले कानूनले जे भन्छ सोही अनुसार न्याय गरिनु पर्छ भनेर स्पष्ट भन्ने हो । उसले गर्ने फैसलामा अवरोध गरियो भने त्यो गलत हुन्छ चाहे फैसला गलतै किन नहोस् । तर फैसला भै सकेपछि गलत छ भने यो वा त्यो प्रमाणिक र सैद्धान्तिक आधारमा फैसला गलत छ भनेर विरोध गर्न वकिललाई वा न्यायकर्मीलाई कानून शास्त्रले छुट दिन्छ । हामीकहाँ यसो गरिदैनँ । अमुक अभिव्यक्ति आउनुभन्दा यो मुद्दामा यो न्यायधीशवाट यस्तो फैसला भएको छ मात्र हैन, यसलाई संवद्ध सवैले (बार) छलफलको विषय वनाउनु पर्यो भन्न सकिन्छ । हाम्रो बार होटेलको बार जस्तो पनि छैन त्यो अर्कै पक्ष हो !! फैसला सार्वजनिक भए पो न्यायाधीशलाई लाज हुन्छ ? त्यसो नगरी न्याय नभेटिएको कुरा मात्र गर्दा लेख्ने पढ्नेको समय मात्र वर्वाद हुने हो, यस्को परिणाम शून्य हुन्छ ।
म व्यक्तिगत रुपमा गलत फैसलाका विरुद्ध न्यायपरिषको क्षेत्राधिकार भित्रको न्यायाधीश हो भने परिषदमा उजुरी नै हाल्नु नहाले अरु वकील खोज्नु भन्छु । सर्वोच्चकै न्यायाधीशवाट गलत फैसला भएको हो भने गलत छ भनेर यो न्यायाधीशवाट गलत फैसला भएको छ भनेर वोल्छु, सार्वजनिक गर्छु । फैसलामा अवरोध हैन, विरोध गर्न पाईन्छ तर हामीकहाँ यसो गरिदैनँ त्यसैले न्यायालय र बार सबै “राम तेरी गंगा मैलि” भएको हो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












