लोकतान्त्रिक व्यवस्था बचाउन र स्थायीत्वका लागि एमालेसँग मिल्नु परेको होः सभापति देउवा
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थायीत्वका लागि नेकपा एमालेसँग मिल्नुपरेको बताएका छन् ।
पार्टीतिकट नेपाल कार्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले स्थायी सरकारकै लागि गत असार १७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको पनि बताएका छन् ।
देउवाले कर्मचारीले जुन दलप्रति आस्था राखे पनि सरकारको निर्देशन मानेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । देउवाले कांग्रेस र एमालेबीच विगतमा अनेकन मतभेद रहेको स्वीकार्दै तर लोकतान्त्रिक व्यवस्था बचाउने कुरामा मिल्नुपरेको पनि प्रष्टीकरण दिए ।
‘कांग्रेस र एमालेबीच विगतमा मतभेद थिए, अहिले पनि केही होलान् । तर हामी अहिलेको व्यवस्था बचाउने कुरामा एक ठाउँमा छौँ, यसमा दुई दलबीच कुनै मतभिन्नता छैन’, उनले भने, ‘कांग्रेस–एमाले मुख्य प्रतिस्पर्धी रहेको कुरामा कुनै शंका छैन। तर देशका समस्याहरू हामी दुई दल मिलेर समाधान गर्दै अघि बढ्छौँ ।’
उनले आफू र ओली मिलेपछि देशका जुनसुकै समस्या समाधान गर्न सक्ने पनि बताए । ‘ओलीजी र म मिलेर देशका हरेक समस्याको समाधान गर्छौ’, उनले भने, ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुछ, यसको रक्षा गर्नुछ । नेपाली जनताले खोजेको पनि देशमा स्थायित्व र स्थायी सरकार हो । त्यसकै लागि कांग्रेस र एमाले एक ठाउँ भएका हौँ ।’
देउवाले कर्मचारीहरूलाई जो जहाँ जुन दलमा आस्था राख्ने भए पनि सरकारको निर्देशन मान्नुपर्ने दोहोर्याए । उनले जुन दलसँग आस्था राखे पनि कर्मचारीहरूले सरकारको निर्देशन मानेर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












