हवल्दारलाई (सूचक) आफ्नो मुख्य सल्लाहकार बनाउँदा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख (एसपी) ओमबहादुर खड्का विवादित
कैलाली । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका एसपी ओमबहादुर खड्का आफ्नै कारणले विवादित बनेका छन् । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय जाजरकोट दरबन्दी भइ विगत ४ वर्षदेखि राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा काजमा कार्यरत रहँदै आएका हवल्दार गोविन्द जंग शाहको उक्साहटमा विशेष सेवा विपरितका कार्य गर्दा विवादित बनेका हुन् ।
जिल्ला कार्यालय बाँकेमा कार्यरत काबिल सिनियर अफिसर एवं जुनियर अफिसरहरू प्रसस्तै हुँदाहुँदै कार्यालय प्रमुख ओमबहादुर खड्का हवल्दार गोबिन्द जंग शाहको पथमा हिँडेर विशेष सेवा ऐन विपरित जिल्ला चलाउन खोज्दा दुवै जनाले विभागको स्पष्टिकरण समेत खाएको स्रोतले जनाएको छ । विशेष सेवा ऐन, २०४२ द्वारा निर्देशित रहेको राष्ट्रिय अनुसन्धान विभाग, विभागले निर्देशित गरेको खास-खास अवस्थामा मात्र प्रहरी ऐन , २०१२ को प्रयोग गर्न मिल्ने र विभागको स्विकृती बेगर प्रहरी ऐन, २०१२ को प्रयोग गर्न जिल्लास्थित कार्यालय प्रमुखहरूलाई नमिल्ने विभागमा कार्यरत केही उच्च अधिकारीहरूले बताएका छन् ।
कार्यालय प्रमुख खड्काले आफू गुप्तचर कार्यालयको प्रमुख हुँ भन्ने कुरा भुलेर सल्लाहाकार हवल्दारको उक्साहटमा आफ्नै कार्यालयका सिनियर अधिकृतहरू तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख ( प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी) हरूलाई किनारा लगाई गलत मनसायका साथ व्यक्तिगत निकृष्ट फाइदाको लागि नेपाल प्रहरीको क्षेत्राधिकारमा प्रवेश गरी अवाञ्छित गतिविधि गरेको बताईन्छ ।
गुप्तचर निकायको काम सूचना संकलनसँग मात्र सम्बन्धित भएको कुरा बिर्सेर अन्य सुरक्षा निकायहरूसँग समन्वय नगरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको अधिकार क्षेत्रमा गई विभिन्न व्यक्तिहरूको रकम छिन्ने, विभिन्न सामान छिन्ने, महिनावारी रूपमा पैसा नदिने तस्करहरूलाई कुट्ने लगायतका काम गर्दा अन्य सुरक्षा निकाय समेत हैरान भएको र जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख समेतले उक्त कार्य गलत भइरहेको बताउने गरेको पाईन्छ । प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरूले राष्ट्रिय अनुसन्धान विभागले सुचना संकलन गर्ने मात्र अधिकार भएको बताउने गरेका छन् भने जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि एवम् सरोकावाला निकायहरूले समेत बाँके राष्ट्रिय अनुसन्धान कार्यालयले गलत गरिरहेको र सो सम्बन्धमा विभागले आवश्यक कारबाही गर्नुपर्ने बताउने गरेको पाईन्छ ।
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका लागि रात दिन नभनि काम गर्ने सिनियर एवं जुनियर अधिकृत एवं अन्य कर्मचारीलाई बेवास्ता गरी कार्यालयको कामै नगरी राष्ट्रिय अनुसन्धान बिभागको प्रमुख हुतराज थापा र नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता शक्ति बहादुर बस्नेत लगायत नेकपा माओवादी केन्द्रका नेताहरू आफ्ना नातेदार भएको हवला दिई कार्यालय र बिभागमा कार्यरत तल्लो दर्जाका कर्मचारीहरूलाई तर्साउने र माथिल्लो दर्जाका अधिकारीहरूलाई भ्रममा पार्दै आफ्नो स्वार्थ पुर्ति गर्दै आएका हवल्दार गोबिन्द जंग शाहले विभागको निति विपरित बाँके जिल्लामा कार्यालयको लेखा हेर्दै आएका छन्। देशका अन्य ७६ वटा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयहरूमा असई र सई लाई मात्र लेखा हेर्ने जिम्मा विभागले दिएको र बाँके जिल्लामा मात्र हवल्दारले लेखा चलाउदै आएका छन् ।
त्यसैगरी जिल्लास्थित सुरक्षा निकाय,जिल्लास्थित सरकारी एवम् गैह्रसरकारी कार्यालयका प्रमुख, व्यापारी,पत्रकार लगायत विभिन्न प्रकारका व्यक्तिहरूलाई राष्ट्रिय अनुसन्धान विभागमा लेखापाल पद नहुँदा पनि लेखा हेर्ने जिम्मा पाएका हवल्दार गोबिन्द जंग शाहलाई विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रमहरूमा लिई एसपी ओम बहादुर खड्काले कतै लेखापाल त कतै असई,सई भन्दै परिचय गराउने गरेको साथै निज गोबिन्द जंग शाहले आफैं पनि नापी, मालपोत, यातायात,भन्सार,सुरक्षा निकाय जस्ता विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयहरूमा स्वयम् समेत गई उक्त नपाएको पद पाएको भनि परिचय दिई फाईदा लिने गरेका छन् ।
यसरी सरकारी कर्मचारीले आफूले प्राप्त नगरेको पद प्राप्त गरेको छु भनि आफ्नो व्यक्तिगत स्वार्थपुर्ति गरेमा भ्रष्टाचार निवारण ऐन, २०४९ बमोजिम भ्रष्टाचार गरेको हुने भनी ऐनमा उल्लेख गरिएको छ । यसरी बाँके राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख कउ ओमबहादुर खड्का, हवल्दार गोबिन्द जंग शाह लगायत केही हवल्दारहरूको टोलीले राष्ट्रिय अनुसन्धान विभागको मूल्य मान्यता विपरित कार्य गर्दै आईरहँदा पनि विभागका प्रमुख हुतराज थापा निजहरूको बारेमा मौन भइ बस्नु आश्चार्यजनक भएको विभागका उच्च अधिकारीहरूले बताउने गरेका छन् ।
कपिलबस्तु तथा पूर्वी तराईका जिल्लामा अवाञ्छित गतिविधि गरेको आरोपमा कार्यालय प्रमुखहरूलाई कारबाही स्वरूप विभागमा तानेर राखेका थापाले बाँके कार्यालय प्रमुख कउ ओम बहादुर खड्का लगायत निजबाट परिचालित हवल्दारहरूको टोलीले विशेष सेवा ऐन विपरित कार्य गरिरहँदा कारबाही नगर्नु रहस्यपूर्ण भएको जिल्लास्थित सरोकारवाला निकायहरूमा चर्चा हुने गरेको पाईन्छ ।
त्यसैगरि निज हवल्दार गोबिन्द जंग शाहले बाँके जिल्लास्थित प्रदेश कार्यालय मर्मतको लागि आएको बजेटको समेत दुरूपयोग गरेको बताईन्छ । निजले गतवर्ष उक्त भवन मर्मतको लागि टेण्डर आब्हान नगरेरै राप्तिसोनारीको एकजना ठेकेदारलाई मिलेमतोमा उक्त ठेका दिई स्टमेट बमोजिम काम नगरी १७ लाख रकम हिनामिना समेत गरेको बुझिन्छ । साथै राष्ट्रिय अनुसन्धान जाजरकोट लगायत अन्य जिल्लाका कर्मचारीहरूको बढुवा र सरूवामा समेत पैसा उठाउने गरेको आरोप समेत लागेको पाईन्छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












