हवल्दारलाई (सूचक) आफ्नो मुख्य सल्लाहकार बनाउँदा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख (एसपी) ओमबहादुर खड्का विवादित
कैलाली । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका एसपी ओमबहादुर खड्का आफ्नै कारणले विवादित बनेका छन् । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय जाजरकोट दरबन्दी भइ विगत ४ वर्षदेखि राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा काजमा कार्यरत रहँदै आएका हवल्दार गोविन्द जंग शाहको उक्साहटमा विशेष सेवा विपरितका कार्य गर्दा विवादित बनेका हुन् ।
जिल्ला कार्यालय बाँकेमा कार्यरत काबिल सिनियर अफिसर एवं जुनियर अफिसरहरू प्रसस्तै हुँदाहुँदै कार्यालय प्रमुख ओमबहादुर खड्का हवल्दार गोबिन्द जंग शाहको पथमा हिँडेर विशेष सेवा ऐन विपरित जिल्ला चलाउन खोज्दा दुवै जनाले विभागको स्पष्टिकरण समेत खाएको स्रोतले जनाएको छ । विशेष सेवा ऐन, २०४२ द्वारा निर्देशित रहेको राष्ट्रिय अनुसन्धान विभाग, विभागले निर्देशित गरेको खास-खास अवस्थामा मात्र प्रहरी ऐन , २०१२ को प्रयोग गर्न मिल्ने र विभागको स्विकृती बेगर प्रहरी ऐन, २०१२ को प्रयोग गर्न जिल्लास्थित कार्यालय प्रमुखहरूलाई नमिल्ने विभागमा कार्यरत केही उच्च अधिकारीहरूले बताएका छन् ।
कार्यालय प्रमुख खड्काले आफू गुप्तचर कार्यालयको प्रमुख हुँ भन्ने कुरा भुलेर सल्लाहाकार हवल्दारको उक्साहटमा आफ्नै कार्यालयका सिनियर अधिकृतहरू तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख ( प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी) हरूलाई किनारा लगाई गलत मनसायका साथ व्यक्तिगत निकृष्ट फाइदाको लागि नेपाल प्रहरीको क्षेत्राधिकारमा प्रवेश गरी अवाञ्छित गतिविधि गरेको बताईन्छ ।
गुप्तचर निकायको काम सूचना संकलनसँग मात्र सम्बन्धित भएको कुरा बिर्सेर अन्य सुरक्षा निकायहरूसँग समन्वय नगरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको अधिकार क्षेत्रमा गई विभिन्न व्यक्तिहरूको रकम छिन्ने, विभिन्न सामान छिन्ने, महिनावारी रूपमा पैसा नदिने तस्करहरूलाई कुट्ने लगायतका काम गर्दा अन्य सुरक्षा निकाय समेत हैरान भएको र जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख समेतले उक्त कार्य गलत भइरहेको बताउने गरेको पाईन्छ । प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरूले राष्ट्रिय अनुसन्धान विभागले सुचना संकलन गर्ने मात्र अधिकार भएको बताउने गरेका छन् भने जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि एवम् सरोकावाला निकायहरूले समेत बाँके राष्ट्रिय अनुसन्धान कार्यालयले गलत गरिरहेको र सो सम्बन्धमा विभागले आवश्यक कारबाही गर्नुपर्ने बताउने गरेको पाईन्छ ।
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका लागि रात दिन नभनि काम गर्ने सिनियर एवं जुनियर अधिकृत एवं अन्य कर्मचारीलाई बेवास्ता गरी कार्यालयको कामै नगरी राष्ट्रिय अनुसन्धान बिभागको प्रमुख हुतराज थापा र नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता शक्ति बहादुर बस्नेत लगायत नेकपा माओवादी केन्द्रका नेताहरू आफ्ना नातेदार भएको हवला दिई कार्यालय र बिभागमा कार्यरत तल्लो दर्जाका कर्मचारीहरूलाई तर्साउने र माथिल्लो दर्जाका अधिकारीहरूलाई भ्रममा पार्दै आफ्नो स्वार्थ पुर्ति गर्दै आएका हवल्दार गोबिन्द जंग शाहले विभागको निति विपरित बाँके जिल्लामा कार्यालयको लेखा हेर्दै आएका छन्। देशका अन्य ७६ वटा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयहरूमा असई र सई लाई मात्र लेखा हेर्ने जिम्मा विभागले दिएको र बाँके जिल्लामा मात्र हवल्दारले लेखा चलाउदै आएका छन् ।
त्यसैगरी जिल्लास्थित सुरक्षा निकाय,जिल्लास्थित सरकारी एवम् गैह्रसरकारी कार्यालयका प्रमुख, व्यापारी,पत्रकार लगायत विभिन्न प्रकारका व्यक्तिहरूलाई राष्ट्रिय अनुसन्धान विभागमा लेखापाल पद नहुँदा पनि लेखा हेर्ने जिम्मा पाएका हवल्दार गोबिन्द जंग शाहलाई विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रमहरूमा लिई एसपी ओम बहादुर खड्काले कतै लेखापाल त कतै असई,सई भन्दै परिचय गराउने गरेको साथै निज गोबिन्द जंग शाहले आफैं पनि नापी, मालपोत, यातायात,भन्सार,सुरक्षा निकाय जस्ता विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयहरूमा स्वयम् समेत गई उक्त नपाएको पद पाएको भनि परिचय दिई फाईदा लिने गरेका छन् ।
यसरी सरकारी कर्मचारीले आफूले प्राप्त नगरेको पद प्राप्त गरेको छु भनि आफ्नो व्यक्तिगत स्वार्थपुर्ति गरेमा भ्रष्टाचार निवारण ऐन, २०४९ बमोजिम भ्रष्टाचार गरेको हुने भनी ऐनमा उल्लेख गरिएको छ । यसरी बाँके राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख कउ ओमबहादुर खड्का, हवल्दार गोबिन्द जंग शाह लगायत केही हवल्दारहरूको टोलीले राष्ट्रिय अनुसन्धान विभागको मूल्य मान्यता विपरित कार्य गर्दै आईरहँदा पनि विभागका प्रमुख हुतराज थापा निजहरूको बारेमा मौन भइ बस्नु आश्चार्यजनक भएको विभागका उच्च अधिकारीहरूले बताउने गरेका छन् ।
कपिलबस्तु तथा पूर्वी तराईका जिल्लामा अवाञ्छित गतिविधि गरेको आरोपमा कार्यालय प्रमुखहरूलाई कारबाही स्वरूप विभागमा तानेर राखेका थापाले बाँके कार्यालय प्रमुख कउ ओम बहादुर खड्का लगायत निजबाट परिचालित हवल्दारहरूको टोलीले विशेष सेवा ऐन विपरित कार्य गरिरहँदा कारबाही नगर्नु रहस्यपूर्ण भएको जिल्लास्थित सरोकारवाला निकायहरूमा चर्चा हुने गरेको पाईन्छ ।
त्यसैगरि निज हवल्दार गोबिन्द जंग शाहले बाँके जिल्लास्थित प्रदेश कार्यालय मर्मतको लागि आएको बजेटको समेत दुरूपयोग गरेको बताईन्छ । निजले गतवर्ष उक्त भवन मर्मतको लागि टेण्डर आब्हान नगरेरै राप्तिसोनारीको एकजना ठेकेदारलाई मिलेमतोमा उक्त ठेका दिई स्टमेट बमोजिम काम नगरी १७ लाख रकम हिनामिना समेत गरेको बुझिन्छ । साथै राष्ट्रिय अनुसन्धान जाजरकोट लगायत अन्य जिल्लाका कर्मचारीहरूको बढुवा र सरूवामा समेत पैसा उठाउने गरेको आरोप समेत लागेको पाईन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












