संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता
कास्की : संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको आयोजनामा आगामी भदौ २७ देखि ३१ गतेसम्म पृथ्वीनारायण क्याम्पसको भलिबल कोर्टमा प्रथम प्रदेशस्तरीय पुरुष खुला भलिबल प्रतियोगिता हुन लागेको हो ।
स्व नेम्वाङको प्रथम वार्षिकी पारेर प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिनुभयो । संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष नेम्वाङको गत वर्ष हृदयाघातबाट निधन भएको थियो । अध्यक्ष श्रेष्ठकानुसार प्रतियोगितामा सहभागी हुने टोली अनेरास्ववियुकै हुनुपर्नेछ । टोलीमा गण्डकी प्रदेशका राष्ट्रिय खेलाडी समावेश गर्न पाइने उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र उपविजेतालाई रु ७१ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विक्रम क्षेत्रीले जानकारी दिनुभयो । उहाँले टोलीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्नेबाहेक अन्य क्षेत्रका राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने जानकारी दिनुभयो । “अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले गण्डकी प्रदेशकै राष्ट्रिय खेलाडी राखेर टोली बनाउन सक्नेछन् । राष्ट्रिय खेलाडी भए पनि गण्डकी प्रदेशकै हुनुपर्छ । बाहिरको खेलाडी टोलीमा मिसाएर खेलाउन पाइँदैन”, क्षेत्रीले भन्नुभयो । प्रतियोगितामा भाग लिन रु सात हजार पाँच सय दर्ता शुल्क तोकिएको छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












