दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८ मा ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो । हाल उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ।
नगरपालिकाका हरेक वडामा आ-आफ्नै विशेषता समेटिएको विषयवस्तु पढाउने गरी फरक–फरक आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “यसअघि नगरभित्रका सबै विद्यालयका कक्षा एकदेखि पाँचसम्म एउटै स्थानीय पाठ्यक्रम तयार पारिएको थियो । त्यसको सट्टा अब सबै वडामा सञ्चालित विद्यालयले आ–आफ्नै विशिष्टता समेटिएको विषयवस्तु पढाउने छन्”,उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रममा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका तथा विद्यार्थीले जान्नैपर्ने विषयवस्तु समेटिएका छन् ।” उहाँका अनुसार नयाँ पाठ्क्रमले विद्यार्थीलाई आफ्नो ठाउँ अनुसारको भाषा, संस्कार/संस्कृति तथा प्राकृतिक स्रोतसाधन बारेमा ज्ञान दिन्छ ।
जम्मा १५ वडामध्ये वडा नं. १ दिक्तेल, वडा नं. २ सोल्मा र वडा नं. ६ मुडेका विद्यालयमा पढाउन शिवहरी ढकालको संयोजकत्वमा गठित समितिले ‘रुपाकोट बैखरी’,वडा नं. ३ बाम्राङ र वडा नं. १३ नुनथलाका लागि बमबहादुर राईको संयोजकत्वमा ‘मुढे नुनथला’ वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङका लागि लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा ‘हाम्रो मझुवा’वडा नं. ७ दोर्पाचिउरीडाँडा, वडा नं. ८ दोर्पाबुवालुङ र वडा नं. ९ निर्मलीडाँडाका लागि भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सुमाला’ नामक पाठ्यक्रम तयार पारिएको हो ।
वडा नं. १० पाथेकाका लागि प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा ‘हाम्रो पाथेका’ वडा नं. ११ खार्मीका लागि प्रकाश राईको संयोजकत्वमा ‘हाम्रो खार्मी’ वडा नं. १२ जालपाका लागि प्रतिमान राईको संयोजकत्वमा ‘जालपा चिनारी’वडा नं. १४ बुइपा र वडा नं. १५ विजयखर्कका लागि ललितकुमार राई संयोजकत्वको समितिले ‘दिरुम ज्ञानमाला’नामक स्थानीय पाठ्यक्रम तयार पारेको नगरपालिकाले जनाएको छ ।
आफ्नै परिवेश, आवश्यकता, सम्भावना र अवस्थिति अनुसार तयार पारिएको स्थानीय पाठ्यक्रम नगरकार्यपालिका र शिक्षा समितिबाट पारित गरेर कार्यन्वयनमा लगिएको नगरपालिकाका शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभयो ।
स्थानीय पाठ्यक्रम तयार पार्न नगरपालिकाले तीन महिनाअघि शैक्षिक अभियन्ता एवम् शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईको संयोजकत्वमा शैक्षिक सुधार कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा पूर्वप्राचार्य कृष्णबहादुर बुढाथोकी, निजी स्कूलका सञ्चालक प्रकाश श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई रहनुभएको थियो ।
शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्न नगरपालिकाले छुट्टाछुट्टै आठवटा समिति गठन गरी काम थालेको थियो । नगरपालिकाद्वारा गठित समितिले विषय विज्ञहरु राखेर करिब तीन महिनामा स्थानीय पाठ्यक्रम तयार पारेको हो ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











