संखुवासभा पुगेर फर्किएपछि राउत प्रधानन्यायाधीशमा सिफारिस
जिन्दगीमा यति सम्मान संखुवासभमा प्राप्त गरेँ : प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । यही भदौ ३० गते आइतबार जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किएको भोलिपल्टै वरिष्ठम् न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश पदमा सिफारिस भएका छन् । आइतबार संखुवासभामा आयोजित कार्यक्रममा सहभागी हुँदै धार्मिक स्थल समेत घुमेर काठमाडौं फर्किएको भोलिपल्टै वरिष्ठतम् न्यायाधीश राउत सिफारिस भएका हुन् ।
जिल्ला अदालत संखुवासभाको भवन उद्घाटन गर्न प्रधानन्यायाधीश श्रेष्ठ, प्रधानन्यायाधीशमा सिफारिस राउत, न्याय परिषद् सदस्य रामकुमार श्रेष्ठ, न्यायाधीश प्रकाश ढुंगाना र मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल गएका थिए । संखुवासभा भ्रमणका क्रममा प्रधानन्यायाधीश श्रेष्ठसहितको टोलीलाई स्थानीयबासी, समाजसेवी, बुद्धीजीवी, कानुन व्यवसायीलगायतले झाँकी र पन्चेबाजाका साथ केही समय बजार घुमाएका थिए । प्रधानन्यायाधीश श्रेष्ठसहितको टोली पूर्वको प्रशिद्ध मन्दिर संखुवासभाको सिद्धपोखरी पनि दर्शन गर्न पुगेका थिए । जिल्ला अदालत भवनको उद्घाटनका क्रममा प्रधानन्यायधीश श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तो किसिमको सम्मान आफ्नो जिन्दगीमा पहिलो चोटी पाएको प्रधानन्यायाधीश श्रेष्ठले काठमाडौं फर्किएपछि सहकर्मी, आफन्त तथा शुभचिन्तकहरुलाई बताएका छन् । प्रधानन्यायाधीश श्रेष्ठलाई भब्य सम्मान गर्नु भएछ नि ? भन्ने जिज्ञासामा स्रेष्तेदार भरतमणी पोखरेलले भने, ‘प्रधानन्यायाधीश श्रेष्ठले त्यस्तो भन्नु भएछ, हामीलाई पनि खुसी लाग्यो । यो चाहिँ सिंगो जिल्ला अदालत संखुवासभा परिवार, बार परिवार,स्थानीयबासी,चैनपुर नगरपालिकालगायत सबैको प्रयासमा सफल भएको हो । ’
प्रधानन्याधीशमा राउतको सिफारिस र कार्य अनुभव
प्रधानन्यायाधीश श्रेष्ठसहितको टोली संखुवासभाबाट फर्किएको भोलिपल्ट सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको छ । यसअघि प्रधानन्यायाधीश सिफारिस गर्नकै लागि गत भदौ २८ गते शुक्रबार बसेको परिषद बैठक निर्णयमा पुग्न सकेको थिएन । सोमबारको बैठक अघिल्लै बैठकको निरन्तरता थियो । बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओलीले बैठकमा प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए ।
न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि ८ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये वरिष्ठतम् न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् । संविधानको धारा २८४ (३) ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । प्रधानन्यायाधीश पदमा सिफारिस भएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए । उदयपुरमा जन्मिएका राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष थिए ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












