संखुवासभा पुगेर फर्किएपछि राउत प्रधानन्यायाधीशमा सिफारिस
जिन्दगीमा यति सम्मान संखुवासभमा प्राप्त गरेँ : प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । यही भदौ ३० गते आइतबार जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किएको भोलिपल्टै वरिष्ठम् न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश पदमा सिफारिस भएका छन् । आइतबार संखुवासभामा आयोजित कार्यक्रममा सहभागी हुँदै धार्मिक स्थल समेत घुमेर काठमाडौं फर्किएको भोलिपल्टै वरिष्ठतम् न्यायाधीश राउत सिफारिस भएका हुन् ।
जिल्ला अदालत संखुवासभाको भवन उद्घाटन गर्न प्रधानन्यायाधीश श्रेष्ठ, प्रधानन्यायाधीशमा सिफारिस राउत, न्याय परिषद् सदस्य रामकुमार श्रेष्ठ, न्यायाधीश प्रकाश ढुंगाना र मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल गएका थिए । संखुवासभा भ्रमणका क्रममा प्रधानन्यायाधीश श्रेष्ठसहितको टोलीलाई स्थानीयबासी, समाजसेवी, बुद्धीजीवी, कानुन व्यवसायीलगायतले झाँकी र पन्चेबाजाका साथ केही समय बजार घुमाएका थिए । प्रधानन्यायाधीश श्रेष्ठसहितको टोली पूर्वको प्रशिद्ध मन्दिर संखुवासभाको सिद्धपोखरी पनि दर्शन गर्न पुगेका थिए । जिल्ला अदालत भवनको उद्घाटनका क्रममा प्रधानन्यायधीश श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तो किसिमको सम्मान आफ्नो जिन्दगीमा पहिलो चोटी पाएको प्रधानन्यायाधीश श्रेष्ठले काठमाडौं फर्किएपछि सहकर्मी, आफन्त तथा शुभचिन्तकहरुलाई बताएका छन् । प्रधानन्यायाधीश श्रेष्ठलाई भब्य सम्मान गर्नु भएछ नि ? भन्ने जिज्ञासामा स्रेष्तेदार भरतमणी पोखरेलले भने, ‘प्रधानन्यायाधीश श्रेष्ठले त्यस्तो भन्नु भएछ, हामीलाई पनि खुसी लाग्यो । यो चाहिँ सिंगो जिल्ला अदालत संखुवासभा परिवार, बार परिवार,स्थानीयबासी,चैनपुर नगरपालिकालगायत सबैको प्रयासमा सफल भएको हो । ’
प्रधानन्याधीशमा राउतको सिफारिस र कार्य अनुभव
प्रधानन्यायाधीश श्रेष्ठसहितको टोली संखुवासभाबाट फर्किएको भोलिपल्ट सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको छ । यसअघि प्रधानन्यायाधीश सिफारिस गर्नकै लागि गत भदौ २८ गते शुक्रबार बसेको परिषद बैठक निर्णयमा पुग्न सकेको थिएन । सोमबारको बैठक अघिल्लै बैठकको निरन्तरता थियो । बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओलीले बैठकमा प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए ।
न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि ८ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये वरिष्ठतम् न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् । संविधानको धारा २८४ (३) ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । प्रधानन्यायाधीश पदमा सिफारिस भएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए । उदयपुरमा जन्मिएका राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












