चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।
यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल ५३७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताको आधारमा यागीबाट प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख गरेको हो । कमजोर बालबालिका तथा परिवारहरूले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य भएको युनिसेफका पूर्वी एसिया प्रशान्तका क्षेत्रीय निर्देशक जुन कुनुगीले बताउनुभएको छ ।
यसै गरी भियतनाममा पिउने पानी र सरसफाइको अभावका कारण करिब ३० लाख मानिसहरू रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ । म्यानमामा बाढीका कारण करिब चार लाख मानिसहरू विस्थापित भएका छन् ।
युनिसेफले यागीले म्यानमामा गम्भीर मानवीय अवस्था निम्त्याइ सीमान्तकृत समुदायलाई सङ्कटमा धकेलेको उल्लेख गरिएको छ । विश्व खाद्य कार्यक्रमले बुधबार म्यानमारमा यसै हप्ता आपतकालीन प्रतिक्रिया सुरु गरी पाँच लाख मानिसहरूलाई एक महिनाको आपतकालीन खाद्यान्न वितरण गर्ने जनाएको छ ।
युनिसेफका अनुसार जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गर्ने जनाएको छ ।
Comments
अरु समाचार
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको...
-
राष्ट्रपति आज संखुवासभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(विहिबार) संखुवासभा जिल्ला गएका छन् । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिकामा रहेको मादी...
-
अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते
काठमाडाैं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका...
-
बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिदैँ छन्। आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा...
-
रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ।...
-
यू–२० महिला एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली...
-
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेश
काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो...












