साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।
सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ ।
पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए । उनले अहिले साल्ट ट्रेडिङसँग हतारमा सहकार्य गरिएकाले धेरै ठाउँमा पसल सञ्चालन गर्न नसकिएको बताए । आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
नेपाली उत्पादनलाई सर्वसुलभ बनाउन सङ्घ लागिपरेको उनि बताउँछन्। उनले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन जुत्ता उत्पादक सङ्घले पहल गरिरहेको बताए । जुत्ता उत्पादक सङ्ले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु¥याउन प्रयत्न गरिरहेको उनको भनाइ छ । उनका अनुसार नेपाली जुत्ताको सुपथ पसल सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत सकारात्मक भूमिका रहेको छ ।
सङ्घका अध्यक्ष न्यौपानेले भने, “नेपाली जुत्ताको बजार प्रवद्र्धनमा उद्योगमन्त्री दामोदर भण्डारीले पनि हामीलाई राम्रो साथ दिनुभएको छ, उनले नेपाली जुत्ता उत्पादकलाई बढीभन्दा बढी जत्ताको बजार बढाउन उत्साह दिई रहनुभएको छ, मन्त्री ज्यूले हामीलाई नेपाली जुत्ताको विदेशी बजारमा बजारीकरणलगायत अन्य व्यापार मेला तथा महोत्सवमा उद्योग मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”
सङ्घका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले सरकारको प्रतिष्ठित संस्थासँग जोडिएर उपभोक्तालाई विश्वास दिलाउनु जुत्ता उत्पादक सङ्घको प्रमुख लक्ष्य रहेको बताए । उनले नेपाली उत्पादित वस्तुबारे आम उपभोक्तालाई जानकारी गराउन पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए ।
यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले सरकार मातहतमा सञ्चालन गरिने सुपथ मूल्य पसलमा आगामी दिनमा देशैभर नेपाली जुत्ताका सुपथ मूल्य पसल पनि सञ्चालन गरिने बताए। उनले सकभर सङ्घले देशैभर वर्षभर नै सञ्चालन गर्ने गरेर सबै नेपाली ब्राण्डमा जुत्ता एकै स्थानमा राखेर बजार सञ्चालनको प्रयास गर्ने बताए ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












