मनाङमा फस्टाउँदै बेमौसमीखेती
मनाङ, ९ असोज : खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ फेरिँदै गएको छ । कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषिउपज उत्पादन हुन थालेका छन् । यहाँ विभिन्न प्रजातिको तरकारी उत्पादन हुन थालेपछि लमजुङ हुँदै अन्यत्र निकासी गर्न थालिएको छ । समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमामात्र नभई तीन हजार पाँच सय ४० मिटर उचाइमा पर्ने ङिस्याङ गाउँपालिकामा बन्दाकोपी, गाँजर, मूला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ ।तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
मनाङका चारवटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ । यसले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । अर्कोतर्फ चिन्ता पनि बढाएको छ । विश्वव्यापी तापक्रम वृद्धिले हिमपात कम भएर रैथाने बालीनाली लोप हुने अवस्थामा पुगेको छ । रैथाने बालीनालीको स्वाद र गुणस्तर खस्किँदै गएको किसानको चिन्ता छ ।
पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ भन्नुहुन्छ, “पहिले टनेलमा तरकारीखेती गरिन्थ्यो । बाहिरबाट आयात गर्नुभन्दा यही थोरै भए पनि उत्पादन गर्ने गरेका थियौँ । अहिले टनेलबिना तरकारी उत्पादन हुन थालेको छ ।” उहाँका अनुसार हाल माथिल्लो मनाङमा टनेलबिना बन्दाकोपी, काउली, गोलभेँडा, गाँजर, मूला, धनियाँलगायत तरकारीखेती हुँदै आएको छ । नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङ भन्नुहुन्छ, “अहिले त स्याउ मात्रै तीन÷चारथरी फल्न थालेको छ । पहिला जस्तो हिउँ पर्दैन । पानी र गर्मी अलि बढ्न थालेको छ । यस्तो हुँदा स्याउसहित अन्य बालीको स्वाद फेरिँदै गएको छ ।” आलुको स्वाद पहिलेको जस्तो नरहेको उहाँको अनुभव छ ।
स्याउ, मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, गहँु, कोदो, राजमा जस्ता कृषिउपज मनाङका रैथाने बालीनाली हुन् । समयअगावै फूलफूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयवासीले गर्न थालेका छन् । मनाङका अधिकांश किसान परम्परागत खेतीपाती छाड्दै व्यावसायिक स्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मी बताउनुहुन्छ ।
जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उहाँले भन्नुभयो, “रैथाने बालीको बीउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँग सहकार्यमा जुटेका छौँ ।”मौसम परिवर्तनले कतिपय पुराना बालीको उत्पादकत्व घट्न थालेको अनुभव सुनाउने आगन्तुकले विकल्प खोज्दै आफ्ना भेगमा नयाँ फल÷बिरुवातर्फ चासो लिने गरेको केन्द्रकी बागवानी विकास अधिकृत शोभा शर्माले बताउनुभयो । “विगतमा स्याउ राम्रोसँग नफलेका ठाउँमा तापक्रम अनुकूल हुँदा फल राम्रो लाग्न थालेपछि स्याउका बिरुवाको माग बढ्न थालेको छ”, शर्माले भन्नुभयो ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












