‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
मिडियाले समयको प्रवाहसँग अनुकूलनका साथ अघि बढ्नुपर्छ : राजदूत छन् सोङ
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने जनाउनु भएको छ । जनगणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा साउथ एसिया नेटवर्क टेलिभिजन र नेपाल–चाइना मिडिया फोरमद्वारा काठमाडौंमा आयोजित तेस्रो दुई देशीय सम्मेलनलाई बिहीवार अपरान्ह सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनु भएको हो । सरकारले मिडिया सशक्तीकरण र सञ्चारकर्मीको व्यक्तिगत तथा व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेको पनि वहाँले प्रष्ट पार्नुभयो ।
मन्त्री गुरुङले नेपाल र चीनबिच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा सुरु भए तापनि दुई देशबीच शताब्दीयौँदेखिको सम्बन्ध रहँदै आएको जनाउनु भयो । उहाँले भन्नुभयो, ‘आज हाम्रो सम्बन्ध समानता, सार्वभौमसत्ता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रही थप सुदृढ भएको छ । पूर्वाधार र प्रविधिका क्षेत्रमा सहकार्यदेखि सांस्कृतिक र शैक्षिक आदानप्रदानसम्म, हाम्रो सम्बन्ध विभिन्न क्षेत्रमा फैलिनेक्रम जारी छ ।’
पौराणिककालदेखि आजपर्यन्त चीन नेपालको महत्वपूर्ण व्यापारिक साझेदार रहँदै आएको बताउँदै मन्त्री गुरुङले नयाँ चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव मनाइरहँदा यसविचमा चीनले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत, विज्ञान र सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा चामत्कारिक विकास गरेको उहाँको भनाइ थियो ।
एक अर्को प्रसंग निकाल्दै उहाँले वर्तमान सरकार चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्तावप्रति सकारात्मक रहेको प्रष्ट पार्नुभयो । छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट राष्ट्रिय हित अनुकूल हुने गरी कार्यान्वयनमा ल्याइएका विभिन्न आयोजनामा नेपाल सहभागी हुँदै आएको सन्दर्भ उल्लेख गर्दै उहाँले चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोडको सन्दर्भ कोट्याउनु भएको थियो। उहाँले चीनले नेपाललाई प्रदान गर्ने थप सहयोगका क्षेत्र आगामी दिनमा खुल्दै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
‘डिजिटल रूपान्तरण, नवप्रवर्तन र मिडिया टेक्नोलोजीको पूर्वाधार विकास र ज्ञानको आदानप्रदानलगायत क्षेत्रमा सहकार्य हाम्रा दुई राष्ट्रहरूको भविष्यका लागि महत्वपूर्ण छ’, उहाँले भन्नुभयो, ‘म विश्वस्त छु कि यस शिखर सम्मेलनले दुवै देशका सञ्चारकर्मीका लागि पारस्परिक लाभ, ज्ञान आदानप्रदान र अवसरको नयाँ ढोका खोल्नेछ ।’
मिडियाले समयको प्रवाहसँग अनुकूलनका साथ अघि बढ्नुपर्छ : राजदूत छन् सोङ
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संसार अहिले ठूलो विकास, परिवर्तन र समायोजनको समयमा रहेकाले अभूतपूर्व अवसर र चुनौतीको सामना गर्दै सबै देशका मिडियाले समयको प्रवाहसँग अनुकूलनका साथ अघि बढ्नुपर्ने सुझाउनु भयो । उहाँले हालका वर्षमा नेपाल र चीनका मिडियाहरूले आफ्नो विशेषता र क्षमताको पूर्ण उपयोग गर्दै, विकासको सहकार्य र सामूहिक लाभको समावेशी धारणा व्यापक रूपमा फैलाएको प्रष्ट पार्नुभयो । बीआरआई सहयोगपछि नेपाल र चीनबीच निरन्तर सहयोगका परिणामहरु प्राप्त भएको प्रष्ट पादै उहाँले ट्रान्स हिमालयन त्रि–आयामिक अन्तरसम्बन्ध सञ्जालले आकार ग्रहण गरिसकेको उल्लेख गर्नुभयो ।
राजदूत सोङले चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २०औं महाधिवेशनको तेस्रो पूर्ण बैठकले लागू गरेका सुधारका तीन सयभन्दा धेरै उपायहरूबाट नेपाललगायत धेरै छिमेकी मुलुक लाभान्वित हुने जानकारी दिनुभयो । चिनियाँ सामान, सेवा, पुँजी र श्रम बजारको क्रमिक रूपमा विस्तार हुनु र अति कम विकसित मुलुकका लागि एकपक्षीय खुलापन जारी राख्नु नै त्यसको उदाहरण रहेको राजदूत सोङको भनाइ छ । उहाँले भन्नुभयो, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ प्रविधि कार्ययोजनाको कार्यान्वयनलाई निरन्तरता दिनु, हरित विकास, डिजिटल अर्थतन्त्र, आर्टिफिसियल इन्टेलिजेन्स, ऊर्जा, कर, वित्त,र विपत्ति न्यूनीकरणका क्षेत्रमा बहुपक्षीय सहकार्यको प्लेटफर्म निर्माण गर्नु, जल,स्थल र वायुको एकीकृत योजना सुधार गर्नु एवम् महत्वपूर्ण प्रतिकात्मक परियोजनाहरू र सानो तर सुन्दर जनजीवनका परियोजनाहरू समन्वय गर्नु नै यसका उदाहरण हुन् ।’
दुई देशबीचका सञ्चारमाध्यमको सहकार्यमा प्रचुर सम्भावनाः हौ च होङ
साउथ एसिया नेटवर्क टेलिभिजनका अध्यक्ष हौ च होङले दुई देशबीचका सञ्चारमाध्यमको सहकार्यमा प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । दुई देशबिचको सम्बन्ध अझ प्रगाढ बनाउन नेपाल–चीन मैत्री सम्बन्धको विकासमा नयाँ ऊर्जा थप्न र राम्रो भविष्य सिर्जना गर्न सबैलाई कडा परिश्रमका लागि होङ आग्रह गर्नुभयो ।
केही चुनौतीबिच नेपाल–चीन सम्बन्ध झन् प्रगाढ हुँदै: किशोर श्रेष्ठ
नेपाल चाइना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था मिडियाका प्रधान सम्पादक किशोर श्रेष्ठले दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहँदै आएको जनाउनु भयो । श्रेष्ठले सूचना, सञ्चार र प्रविधिको सहयोगमा दुई देशबिचको सम्बन्ध र विकाससम्बन्धी सहकार्य अझ मजबुत भएर जाने विश्वास व्यक्त गर्नुभयो । जनगणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको पूर्व सन्ध्या र नेपाल–चीनबिच कायम भएको कूटनीतिक सम्बन्धको ६९ औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रमले अझ सम्बन्धलाई थप प्रगाढ बनाएको श्रेष्ठले प्रष्ट पार्नुभयो । केही चुनौतीबिच नेपाल–चीन सम्बन्ध झन् प्रगाढ हुँदै गएको उहाँको भनाइ थियो ।
मिडिया सम्मेलनले दुई मुलुकबिच सञ्चार सहयोग, साझेदारी, संयोजन, मैत्रीपूर्ण तथा हार्दिकतापूर्ण सञ्चार सम्बन्ध अभिवृद्धि गर्न थप सहयोग पुर्याएको उहाँले बताउनुभयो । ‘सञ्चार क्षेत्रमा उच्च प्रविधिको प्रयोग, सामाजिक सञ्जालको भूमिकासँगै आवाजविहीनहरुको आवाजलाई थप बुलन्द पार्न मिडियाहरुले सशक्त भूमिका खेल्नुपर्छ,’ वरिष्ठ पत्रकार श्रेष्ठले थप्नुभयो, ‘सञ्चार माध्यममा प्रस्तुत गरिने विषयवस्तु र भाषा वास्तविक, सत्य र सरल हुनुपर्ने हाम्रा साझा उद्देश्य र मान्यता छन् ।’ सम्मेलन आयोजनामा चीनको कान्सु प्रान्तका वरिष्ठ पत्रकार हौ च होङको विशेष भूमिकाको चर्चा गर्दै उहाँले पछिल्लो तीन वर्षदेखि यसमा दत्तचित्त भएर लागेका हौ र उहाँको संस्था दक्षिण एसिया नेटवर्क टेलिभिजनको प्रशंसा गर्नुभयो ।
सम्मेलन हलमा नेपाली र चिनियाँ संस्कृति झल्किने नृत्य, गीत, कविता लगायत प्र्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न नेपाली तथा चिनियाँ सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न चिनियाँ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...













