‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
मिडियाले समयको प्रवाहसँग अनुकूलनका साथ अघि बढ्नुपर्छ : राजदूत छन् सोङ
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने जनाउनु भएको छ । जनगणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा साउथ एसिया नेटवर्क टेलिभिजन र नेपाल–चाइना मिडिया फोरमद्वारा काठमाडौंमा आयोजित तेस्रो दुई देशीय सम्मेलनलाई बिहीवार अपरान्ह सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनु भएको हो । सरकारले मिडिया सशक्तीकरण र सञ्चारकर्मीको व्यक्तिगत तथा व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेको पनि वहाँले प्रष्ट पार्नुभयो ।
मन्त्री गुरुङले नेपाल र चीनबिच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा सुरु भए तापनि दुई देशबीच शताब्दीयौँदेखिको सम्बन्ध रहँदै आएको जनाउनु भयो । उहाँले भन्नुभयो, ‘आज हाम्रो सम्बन्ध समानता, सार्वभौमसत्ता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रही थप सुदृढ भएको छ । पूर्वाधार र प्रविधिका क्षेत्रमा सहकार्यदेखि सांस्कृतिक र शैक्षिक आदानप्रदानसम्म, हाम्रो सम्बन्ध विभिन्न क्षेत्रमा फैलिनेक्रम जारी छ ।’
पौराणिककालदेखि आजपर्यन्त चीन नेपालको महत्वपूर्ण व्यापारिक साझेदार रहँदै आएको बताउँदै मन्त्री गुरुङले नयाँ चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव मनाइरहँदा यसविचमा चीनले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत, विज्ञान र सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा चामत्कारिक विकास गरेको उहाँको भनाइ थियो ।
एक अर्को प्रसंग निकाल्दै उहाँले वर्तमान सरकार चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्तावप्रति सकारात्मक रहेको प्रष्ट पार्नुभयो । छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट राष्ट्रिय हित अनुकूल हुने गरी कार्यान्वयनमा ल्याइएका विभिन्न आयोजनामा नेपाल सहभागी हुँदै आएको सन्दर्भ उल्लेख गर्दै उहाँले चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोडको सन्दर्भ कोट्याउनु भएको थियो। उहाँले चीनले नेपाललाई प्रदान गर्ने थप सहयोगका क्षेत्र आगामी दिनमा खुल्दै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
‘डिजिटल रूपान्तरण, नवप्रवर्तन र मिडिया टेक्नोलोजीको पूर्वाधार विकास र ज्ञानको आदानप्रदानलगायत क्षेत्रमा सहकार्य हाम्रा दुई राष्ट्रहरूको भविष्यका लागि महत्वपूर्ण छ’, उहाँले भन्नुभयो, ‘म विश्वस्त छु कि यस शिखर सम्मेलनले दुवै देशका सञ्चारकर्मीका लागि पारस्परिक लाभ, ज्ञान आदानप्रदान र अवसरको नयाँ ढोका खोल्नेछ ।’
मिडियाले समयको प्रवाहसँग अनुकूलनका साथ अघि बढ्नुपर्छ : राजदूत छन् सोङ
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संसार अहिले ठूलो विकास, परिवर्तन र समायोजनको समयमा रहेकाले अभूतपूर्व अवसर र चुनौतीको सामना गर्दै सबै देशका मिडियाले समयको प्रवाहसँग अनुकूलनका साथ अघि बढ्नुपर्ने सुझाउनु भयो । उहाँले हालका वर्षमा नेपाल र चीनका मिडियाहरूले आफ्नो विशेषता र क्षमताको पूर्ण उपयोग गर्दै, विकासको सहकार्य र सामूहिक लाभको समावेशी धारणा व्यापक रूपमा फैलाएको प्रष्ट पार्नुभयो । बीआरआई सहयोगपछि नेपाल र चीनबीच निरन्तर सहयोगका परिणामहरु प्राप्त भएको प्रष्ट पादै उहाँले ट्रान्स हिमालयन त्रि–आयामिक अन्तरसम्बन्ध सञ्जालले आकार ग्रहण गरिसकेको उल्लेख गर्नुभयो ।
राजदूत सोङले चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २०औं महाधिवेशनको तेस्रो पूर्ण बैठकले लागू गरेका सुधारका तीन सयभन्दा धेरै उपायहरूबाट नेपाललगायत धेरै छिमेकी मुलुक लाभान्वित हुने जानकारी दिनुभयो । चिनियाँ सामान, सेवा, पुँजी र श्रम बजारको क्रमिक रूपमा विस्तार हुनु र अति कम विकसित मुलुकका लागि एकपक्षीय खुलापन जारी राख्नु नै त्यसको उदाहरण रहेको राजदूत सोङको भनाइ छ । उहाँले भन्नुभयो, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ प्रविधि कार्ययोजनाको कार्यान्वयनलाई निरन्तरता दिनु, हरित विकास, डिजिटल अर्थतन्त्र, आर्टिफिसियल इन्टेलिजेन्स, ऊर्जा, कर, वित्त,र विपत्ति न्यूनीकरणका क्षेत्रमा बहुपक्षीय सहकार्यको प्लेटफर्म निर्माण गर्नु, जल,स्थल र वायुको एकीकृत योजना सुधार गर्नु एवम् महत्वपूर्ण प्रतिकात्मक परियोजनाहरू र सानो तर सुन्दर जनजीवनका परियोजनाहरू समन्वय गर्नु नै यसका उदाहरण हुन् ।’
दुई देशबीचका सञ्चारमाध्यमको सहकार्यमा प्रचुर सम्भावनाः हौ च होङ
साउथ एसिया नेटवर्क टेलिभिजनका अध्यक्ष हौ च होङले दुई देशबीचका सञ्चारमाध्यमको सहकार्यमा प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । दुई देशबिचको सम्बन्ध अझ प्रगाढ बनाउन नेपाल–चीन मैत्री सम्बन्धको विकासमा नयाँ ऊर्जा थप्न र राम्रो भविष्य सिर्जना गर्न सबैलाई कडा परिश्रमका लागि होङ आग्रह गर्नुभयो ।
केही चुनौतीबिच नेपाल–चीन सम्बन्ध झन् प्रगाढ हुँदै: किशोर श्रेष्ठ
नेपाल चाइना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था मिडियाका प्रधान सम्पादक किशोर श्रेष्ठले दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहँदै आएको जनाउनु भयो । श्रेष्ठले सूचना, सञ्चार र प्रविधिको सहयोगमा दुई देशबिचको सम्बन्ध र विकाससम्बन्धी सहकार्य अझ मजबुत भएर जाने विश्वास व्यक्त गर्नुभयो । जनगणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको पूर्व सन्ध्या र नेपाल–चीनबिच कायम भएको कूटनीतिक सम्बन्धको ६९ औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रमले अझ सम्बन्धलाई थप प्रगाढ बनाएको श्रेष्ठले प्रष्ट पार्नुभयो । केही चुनौतीबिच नेपाल–चीन सम्बन्ध झन् प्रगाढ हुँदै गएको उहाँको भनाइ थियो ।
मिडिया सम्मेलनले दुई मुलुकबिच सञ्चार सहयोग, साझेदारी, संयोजन, मैत्रीपूर्ण तथा हार्दिकतापूर्ण सञ्चार सम्बन्ध अभिवृद्धि गर्न थप सहयोग पुर्याएको उहाँले बताउनुभयो । ‘सञ्चार क्षेत्रमा उच्च प्रविधिको प्रयोग, सामाजिक सञ्जालको भूमिकासँगै आवाजविहीनहरुको आवाजलाई थप बुलन्द पार्न मिडियाहरुले सशक्त भूमिका खेल्नुपर्छ,’ वरिष्ठ पत्रकार श्रेष्ठले थप्नुभयो, ‘सञ्चार माध्यममा प्रस्तुत गरिने विषयवस्तु र भाषा वास्तविक, सत्य र सरल हुनुपर्ने हाम्रा साझा उद्देश्य र मान्यता छन् ।’ सम्मेलन आयोजनामा चीनको कान्सु प्रान्तका वरिष्ठ पत्रकार हौ च होङको विशेष भूमिकाको चर्चा गर्दै उहाँले पछिल्लो तीन वर्षदेखि यसमा दत्तचित्त भएर लागेका हौ र उहाँको संस्था दक्षिण एसिया नेटवर्क टेलिभिजनको प्रशंसा गर्नुभयो ।
सम्मेलन हलमा नेपाली र चिनियाँ संस्कृति झल्किने नृत्य, गीत, कविता लगायत प्र्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न नेपाली तथा चिनियाँ सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न चिनियाँ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...












