प्राधिकरणका महानिर्देशक अधिकारीका कारण हेलिकप्टर उद्वारमा समस्या
काठमाडौं । गत असोज १० देखि १२ गते सम्म आएको वर्षा,बाढी,डुबान र पहिरोमा परि ठुलो जनधनको क्षति भयो। उक्त बाढी,डुबान र पहिरोमा परेकालाई तत्कालै हेलिकप्टर पठाएर उद्वार गरि उपचार गराउन फिजिबिफिटीको कारण देखाउदै नेपाल नागरिक उड्डयान प्राधिकरणले अनुमति नदिदा सरकारले नेपाली सेना तथा निजी क्षेत्रका हवाई कम्पनीहरूको हेलिकप्टर परिचालन गरि समस्यामा परेका नागरिकहरूलाई समयमै उद्वार गर्न नसकेको तथ्य अहिले सुरक्षा अधिकारी र गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन।
नेपाल नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई सेना र निजी क्षेत्रका हेलिकप्टरबाट पिडितहरूलाई तत्कालै उद्वार गर्न अनुमति दिन पटक–पटक अनुरोध गरेपनि उनले खराब मौसमका कारण हेलिकप्टर उडान अनुमति दिएका थिएनन। प्राधिकरणले अनुमति नदिदा नदिदै पनि नेपाली सेनाको हेलिकप्टर भने सैनिक नेतृत्वको उत्तरदायित्वमा रिक्स मोल्दै उडान गरि पिडितलाई ठाउँ– ठाउँबाट उद्वार गरेको थियो । ११ गतेको बाढी र पहिरोमा परेकालाई उद्वार नै गर्न नसक्ने गरि भिजिबिलिटी खराब भएको भने थिएन। काठमाडौं उपत्यकाभित्रको क्षेत्रमा उद्वारका लागि उच्च सजकताकासाथ हेलिकप्टर उडान गर्न सकिने अवस्था थियो,तर उपत्यका बाहिर भने उद्वार गर्न हेलिकप्टर पठाउन सक्ने स्थिति थिएन प्राधिकरण उच्च स्रोतले बताएको छ।
प्राधिकरणका महानिर्देशक अधिकारीको असहयोगका कारण त्यसबेला नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर उडान गरि उद्वार गर्न नसकिएको सुरक्षा निकाय र गृहका अधिकारीहरू बताउछन। निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूलाई उद्वारमा परिचालन गर्न गृह मन्त्रालयले तयार पारेको थियो। निजी हेलिकप्टर कम्पनीका पाइलटलाई त्रिभुवन विमानस्थलमा बोलाई हेलिकप्टरको प्राविधिक जाँचगरि उडानका लागि स्टाट गरेर अनुमति माग्दा प्राधिकरणले दिएको थिएन। पाइलटहरूले भने त्यतिको भिजिबिलिटीमा काठमाडौं उपत्यका भित्र उडान गर्न सकिने बताएका थिए,तर प्राधिकरणले उडान अनुमति नदिएपछि उनीहरू दुई दिनसम्म विमानस्थलमा बसेर साँझ ५ः३० बजेमात्र घर फर्किएका थिए।
नख्खु खोलाको बीचमा फसेका दुई जना पिडितको उद्वार नगरेको भनी नेपाली सेना र सरकारको प्रेस र सामाजिक सञ्जालबाट व्यापक विरोध भएपछि नेपाली सेनाले भने आफ्नै रिक्समा हेलिकप्टर उडान गरि उद्वारमा खटिएको थियो। सेनाको हेलिकप्टर मकवानपुरको सिस्नेरीसम्म पुगेर उद्वार गरेको थियो।
प्राधिकरणका महानिर्देशक अधिकारीले भने सरकारलाई असफल पार्न नियतबस नै हेलिकप्टरलाई उद्वारमा परिचालन गर्नबाट रोकेको देखिन्छ। नेकपा (एकीकृत समाजवादी)का प्रेम बहादुर आले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा महानिर्देशक भएका उनले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निर्देशन मान्दै सरकारलाई असफल पार्न हेलिकप्टर उडान भर्न नदिएर असहयोग गरेको आरोप लागेको छ।
माओवादी केन्द्रका सुदन किराँती पर्यटन मन्त्री हुँदा उनलाई हटाउन स्पष्टीकरण सोधेका थिए,तर चितवन निबासी महानिर्देशक अधिकारीले तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी भरतपुर महानगरपालिकाकि मेयर रनु दाहाल र स्वकिय सचिव कान्छी छोरी गंगा दाहाल मार्फत आर्थिक लाभ लिएर उनलाई हटाउनबाट रोकेर महानिर्देशकमा निरन्तरता पाएका थिए। महानिर्देशक अधिकारीलाई हटाउन खोज्ने मन्त्री सुदन किराँती नै मन्त्रीबाट हटाइएका थिए। यसरी पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डका प्यारा बनेका महानिर्देशक अधिकारीले प्रचण्डलाई खुशी पारि सरकारलाई असफल पार्न हेलिकप्टरबाट उडान गर्न नदिएको आरोप लागेको छ। जसको कारण सरकारको निकै ठुलो आलोचना भैरहेको छ।
यो बाढी,डुबान र पहिरोमा परि २२४ जना नागरिकहरूको मृत्यु,२४ जना बेपत्ता र १५८ जना भन्दा बढी घाइते भएका थिए। तर पनि सरकारले यो प्राकृतिक विपदको उद्वारमा नेपालीको सेना,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ३० हजार ७ सय ३१ जना सुरक्षाकर्मीहरू परिचालनभई उनीहरूले बाढी र पहिरो पिडित ४ हजार ३ सय ३१ जना नागरिकहरूको उद्वार गरेको थियो। सरकारले उद्वार नै नगरेको भन्ने कुरा सबै भ्राम र अफावह हो।
खोज तथा उद्धार कार्य असोज १७ गतेभित्र पूरा हुने मुख्यसचिव एक नारायण अर्यालले बताएका छन् । उनका अनुसार मृत्यु भएका व्यक्तिका परिवारलाई राहत वितरण प्रारम्भ भइसकेको छ । घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै अनुदान रकम उपलब्ध गराइने, बाढीपहिरोबाट अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी, रणनीतिक सडक, टेलिफोन एवं विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने पनि मुख्यमन्त्री अर्यालले बताएका छन ।
पुल बगेका महत्त्वपूर्ण सडकमा बेलिब्रिज जडान गरिने, अवरुद्ध अन्य सडकमा कजवे, ‘डाइभर्सन’ जस्ता वैकल्पिक माध्यमबाट समेत तत्काल यातायात सेवा सञ्चालन गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । निजी क्षेत्रसँग सम्बद्ध व्यवसायीसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात व्यवस्था मिलाइने भएको छ। सरकारले अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरेको छ । बाढीपहिरो प्रभावित ८ जिल्लामा सरकारले सहसचिवको नेतृत्वमा टोली परिचालन गरेको छ ।
गत बिहिवार,शुक्रबार र शनिवार आएको अविरल वर्षापछि आएको प्राकृतिक विपदबाट खानेपानी, सडक, ऊर्जा र सिँचाइका पूर्वाधारमा ११ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ,निजी क्षेत्रको समेत गरि १८ अर्बको धनसम्पतिमा क्षति भएको छ । बाढीपहिरोले २१ जिल्लामा भौतिक क्षति गरेको गृह मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले गत असोज १५ गते पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरणअनुसार खानेपानीको संरचनामा ३ अर्ब ५२ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ पूर्वाधारमा १ अर्बको क्षति भएको छ । देशैभर ३७ राजमार्ग अवरूद्ध भएकामा ९ वटाको अवरोध हटाएर सञ्चालनमा ल्याइएको छ । बाढीबाट कृषिबाली तथा पशुपन्छीतर्फ ६ अर्ब क्षति भएको अनुमान छ ।
बाढीपहिराले ६ सय ६७ मेगावाट बिजुली उत्पादन गर्ने १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निर्माणाधीन १ हजार १ सय ३९ मेगावाटका १८ जलविद्युत् आयोजना तथा ५ वटा प्रमुख प्रसारण टावरमा क्षति पुगेको छ । मुख्यसचिव अर्यालका अनुसार सरकारले काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरलाई बाढीपहिरोबाट अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












