हनि ट्रयापिङ प्रकरणमा दरबारमार्ग बृत्तदेखि भैंसेपाटी प्रभागसम्मको कनेक्सन देखियो
काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने समूह पेशेवर देखिएको छ। प्रहरीकै अधिकारीदेखि विभिन्न व्यक्तिहरुसँग मिलेर उनीहरुले युवतीहरू परिचालन गरी विगतमा पनि यसैगरी पैसा असुलिएको भेटिएको छ ।
भैंसेपाटी प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले मोरङका एक जग्गा व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ असुलेका थिए । सो समूहले अन्य व्यक्तिलाई पनि भैंसेपाटी प्रभागमा थुनामा राखेर सोही शैलीमा पैसा असुलेको सूचना प्रहरीले पाएको छ । तर, पीडितहरु अझै खुलेका छैनन् ।
त्यसअघि काठमाडौंको दरबारमार्ग वृत्तमा भएको घटना भने पुष्टि नै भइसकेको छ । हाल थुनामा रहेका सुनसरीका ताज इस्लामको समूहले दोलखाका ठेकदार तथा एमाले नेता विदुर शर्मालाई गत जेठमा फसाएको थियो । एक युवती परिचालन गरी शर्माविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिन लगाइएको थियो । जून घटना १६ लाख रुपैयाँमा लेनदेन गरेर मिलापत्र गरी पछि जाहेरी फिर्ता लिन प्रहरीमा निवेदन दिएको समेत छानविनमा खुलिसकेको छ । इस्लामकै नबील बैंकमा रहेको खाता नम्बर ११९१००१७५०३२५५ मा सो रकम जम्मा भएको थियो । दोलखा नै घर भएका मिटरब्याजी गणेश उप्रेतीसँग मिलेर शर्मालाई त्यसबेला फसाएका थिए ।
जसकारण उप्रेती समेत यो घटनामा तानिने सम्भावना छ । शर्मालाई फसाउनका लागि उप्रेतीलाई गिरोहका नाइके इस्लामलाई टोयोटा कोरला गाडी समेत दिएका थिए । स्रोतका अनुसार बी एए ०३९८ नम्बरको गाडी दिइएको थियो । हालै मात्र त्यो गाडी उप्रेतीले फिर्ता लिएका छन् । मिटरब्याज लगायत अपराधमा उप्रेती विगतमा पक्राउ परेका आपराधिक पृष्ठभुमीका व्यक्ति हुन् । दरबारमार्ग वृत्तको घटनामा प्रहरीको भूमिका प्रष्ट भइसकेको छैन , भैंसेपाटीको प्रकरणमा भने पुष्टि नै भइसकेको छ । हाल निलम्बनमा रहेकी इन्सपेक्टर शाही मात्र होइन एक एसपीको समेत त्यसमा शंकास्पद भूमिका देखिएको छ ।
तर, गिरोहका नाइके ताज इस्लामको मोबाइल गायब बनाएर एसपीलाई जोगाउने प्रयास भइरहेको छ । सो मोबाइल इन्सपेक्टर शाही आफैंले गायब बनाएकी हुन् । तर, उनलाई ललितपुर प्रहरीले अझै नियन्त्रणमा नलिदा छानविन तथा अनुसन्धान रोक्न उनले चलखेल गरिरहेकी छिन् । प्रहरीकै अधिकारीहरु यो केस मिलाउन सक्रियताका साथ लागेका छन् । हेडक्वाटरमै कार्यरत अर्का एक एसपीले पीडितलाई हायत होटलमा भेटेर इन्सपेक्टर लगायत अन्य प्रहरीको विषयमा केही नबोल्न आग्रह गरेको बताइएको छ । हाल ललितपुर परिसरले डिएसपी नरहरी अधिकारीको नेतृत्वमा छानविन गरिरहेको छ । तर, माथिल्लो तहका प्रहरीको समेत भूमिका देखिएपछि प्रहरी प्रधान कार्यालयबाटै समेत थप छानविन गराउने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तयारी छ ।
डिएसपी नेतृत्वको समितिले केही दिनमै प्रतिवेदन बुझाउने तयारी गरेको छ । हाल ललितपुर परिसरले गिरोहका नाइके इस्लामसहित सुष्मा विक, भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । इटहरीकी थापाको एभरेष्ट बैंकमा रहेको खातामा पीडितलाई २० लाख जम्मा गर्न लगाइएको थियो । एक पटक १३ र अर्कोपटक सात लाख गरेर २० लाख जम्मा गरिएको थियो । थप १० लाखको चेक दिइएकोमा सो चेक समेत इन्सपेक्टर शाहीले अझै लुकाएकी छिन् । त्यस बाहेक पनि इन्सपेक्टरले मिलापत्र गरिदिएवापत छुट्टै पैसा लिएको सूचना प्रहरीले पाएको छ ।
ललितपुर प्रहरीका अनुसार इस्लामले ५–६ जना सुन्दर युवतीहरु परिचालन गर्दै आएका छन् । ती युवतीहरुलाई धनाढ्यहरुसँग नजिक हुन लगाउने, घुम्न पठाउने र पछि बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरीसँग मिलेर पैसा असुल्ने धन्दा गर्दै आएका छन् । कतिपयलाई भने पैसा भन्दा प्रतिशोधका लागि पनि फसाउने गरेको समेत खुलेको छ । एक पत्रकारलाई समेत उनीहरुले फसाउने तयारी गरिरहेको ललितपुर परिसरको अनुसन्धानमा खुलेको छ । विदुर शर्मालाई फसाउने युवती प्रयोग गरी ती पत्रकारलाई महिनौंदेखि फसाउने प्रयास गरेपनि असफल भएको पाइएको छ ।
गिरोह पेशेवर देखिएपछि छानविन समितिको प्रतिवेदनपछि यसमा संलग्नलाई संगठित अपराधको कसुरमा समेत मुद्दा चलाउने प्रहरी तयारी छ । तर, छानविन नै प्रभावित पार्न माथिल्लो तहका प्रहरी अधिकारी सक्रिय भएपछि कतै दोषीहरु उम्कने त होइन भन्ने प्रश्न समेत उठ्न थालेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












