हनि ट्रयापिङ प्रकरणमा दरबारमार्ग बृत्तदेखि भैंसेपाटी प्रभागसम्मको कनेक्सन देखियो
काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने समूह पेशेवर देखिएको छ। प्रहरीकै अधिकारीदेखि विभिन्न व्यक्तिहरुसँग मिलेर उनीहरुले युवतीहरू परिचालन गरी विगतमा पनि यसैगरी पैसा असुलिएको भेटिएको छ ।
भैंसेपाटी प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले मोरङका एक जग्गा व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ असुलेका थिए । सो समूहले अन्य व्यक्तिलाई पनि भैंसेपाटी प्रभागमा थुनामा राखेर सोही शैलीमा पैसा असुलेको सूचना प्रहरीले पाएको छ । तर, पीडितहरु अझै खुलेका छैनन् ।
त्यसअघि काठमाडौंको दरबारमार्ग वृत्तमा भएको घटना भने पुष्टि नै भइसकेको छ । हाल थुनामा रहेका सुनसरीका ताज इस्लामको समूहले दोलखाका ठेकदार तथा एमाले नेता विदुर शर्मालाई गत जेठमा फसाएको थियो । एक युवती परिचालन गरी शर्माविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिन लगाइएको थियो । जून घटना १६ लाख रुपैयाँमा लेनदेन गरेर मिलापत्र गरी पछि जाहेरी फिर्ता लिन प्रहरीमा निवेदन दिएको समेत छानविनमा खुलिसकेको छ । इस्लामकै नबील बैंकमा रहेको खाता नम्बर ११९१००१७५०३२५५ मा सो रकम जम्मा भएको थियो । दोलखा नै घर भएका मिटरब्याजी गणेश उप्रेतीसँग मिलेर शर्मालाई त्यसबेला फसाएका थिए ।
जसकारण उप्रेती समेत यो घटनामा तानिने सम्भावना छ । शर्मालाई फसाउनका लागि उप्रेतीलाई गिरोहका नाइके इस्लामलाई टोयोटा कोरला गाडी समेत दिएका थिए । स्रोतका अनुसार बी एए ०३९८ नम्बरको गाडी दिइएको थियो । हालै मात्र त्यो गाडी उप्रेतीले फिर्ता लिएका छन् । मिटरब्याज लगायत अपराधमा उप्रेती विगतमा पक्राउ परेका आपराधिक पृष्ठभुमीका व्यक्ति हुन् । दरबारमार्ग वृत्तको घटनामा प्रहरीको भूमिका प्रष्ट भइसकेको छैन , भैंसेपाटीको प्रकरणमा भने पुष्टि नै भइसकेको छ । हाल निलम्बनमा रहेकी इन्सपेक्टर शाही मात्र होइन एक एसपीको समेत त्यसमा शंकास्पद भूमिका देखिएको छ ।
तर, गिरोहका नाइके ताज इस्लामको मोबाइल गायब बनाएर एसपीलाई जोगाउने प्रयास भइरहेको छ । सो मोबाइल इन्सपेक्टर शाही आफैंले गायब बनाएकी हुन् । तर, उनलाई ललितपुर प्रहरीले अझै नियन्त्रणमा नलिदा छानविन तथा अनुसन्धान रोक्न उनले चलखेल गरिरहेकी छिन् । प्रहरीकै अधिकारीहरु यो केस मिलाउन सक्रियताका साथ लागेका छन् । हेडक्वाटरमै कार्यरत अर्का एक एसपीले पीडितलाई हायत होटलमा भेटेर इन्सपेक्टर लगायत अन्य प्रहरीको विषयमा केही नबोल्न आग्रह गरेको बताइएको छ । हाल ललितपुर परिसरले डिएसपी नरहरी अधिकारीको नेतृत्वमा छानविन गरिरहेको छ । तर, माथिल्लो तहका प्रहरीको समेत भूमिका देखिएपछि प्रहरी प्रधान कार्यालयबाटै समेत थप छानविन गराउने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तयारी छ ।
डिएसपी नेतृत्वको समितिले केही दिनमै प्रतिवेदन बुझाउने तयारी गरेको छ । हाल ललितपुर परिसरले गिरोहका नाइके इस्लामसहित सुष्मा विक, भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । इटहरीकी थापाको एभरेष्ट बैंकमा रहेको खातामा पीडितलाई २० लाख जम्मा गर्न लगाइएको थियो । एक पटक १३ र अर्कोपटक सात लाख गरेर २० लाख जम्मा गरिएको थियो । थप १० लाखको चेक दिइएकोमा सो चेक समेत इन्सपेक्टर शाहीले अझै लुकाएकी छिन् । त्यस बाहेक पनि इन्सपेक्टरले मिलापत्र गरिदिएवापत छुट्टै पैसा लिएको सूचना प्रहरीले पाएको छ ।
ललितपुर प्रहरीका अनुसार इस्लामले ५–६ जना सुन्दर युवतीहरु परिचालन गर्दै आएका छन् । ती युवतीहरुलाई धनाढ्यहरुसँग नजिक हुन लगाउने, घुम्न पठाउने र पछि बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरीसँग मिलेर पैसा असुल्ने धन्दा गर्दै आएका छन् । कतिपयलाई भने पैसा भन्दा प्रतिशोधका लागि पनि फसाउने गरेको समेत खुलेको छ । एक पत्रकारलाई समेत उनीहरुले फसाउने तयारी गरिरहेको ललितपुर परिसरको अनुसन्धानमा खुलेको छ । विदुर शर्मालाई फसाउने युवती प्रयोग गरी ती पत्रकारलाई महिनौंदेखि फसाउने प्रयास गरेपनि असफल भएको पाइएको छ ।
गिरोह पेशेवर देखिएपछि छानविन समितिको प्रतिवेदनपछि यसमा संलग्नलाई संगठित अपराधको कसुरमा समेत मुद्दा चलाउने प्रहरी तयारी छ । तर, छानविन नै प्रभावित पार्न माथिल्लो तहका प्रहरी अधिकारी सक्रिय भएपछि कतै दोषीहरु उम्कने त होइन भन्ने प्रश्न समेत उठ्न थालेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











