एमालेको केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने
काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको विशेष सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा–२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुने बताए ।
उनले भने, ‘७२ को विनाशकारी भूकम्पले बल्खुमा पार्टी कार्यालय भवन चर्किएपछि हामी विभिन्न ठाउँमा कार्यालय सारिरह्यौ। अहिले पनि बाढीपहिरोले समस्यामा पारेपछि स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा–२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुन्छ।’
उनका अनुसा भोलि (शुक्रबार) १२ बजेर १५ मिनेटमा एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवनको शिलान्या एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलले गर्नेछन् ।
यसका साथै सचिवालय बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान पनि गरेको छ । मंसिर १६ गते ४० बढी ठाउँमा हुने स्थानीय तहउपचुनावका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन आव्हान गरिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












