ताजा समाचार

बमको धम्कीपछि एयर इन्डियाको विमान दिल्लीतर्फ डाइभर्ट

काठमाडौं । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई एयरपोर्टले एक्समा न्यूयोर्क जाने उडानमा बमको धम्कीको बारेमा सन्देश प्राप्त गरेको थियो। यो सन्देश दिल्लीका सुरक्षा एजेन्सीहरूलाई पठाइए लगत्तै विमानलाई दिल्लीतर्फ लैजान आग्रह गरिएको हो ।

त्यसपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरण गरिएको छ। विमानमा सवार सबै यात्रु सकुशल छन्। यस्तै, प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।

यसैगरी, एयर इन्डियाले एक विज्ञप्ति जारी गरी मुम्बईदेखि जेकेएफ विमानस्थलका लागि उडेको एआई–११९ को उडान सुरक्षा चेतावनीका कारण दिल्ली डाइभर्ट गर्नुपरेको र यात्रुलाई परेको असुविधा सक्दो कम गर्न प्रयासरत रहेको जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org