जापानमा निर्वाचन अभियान सुरु
काठमाडौं । जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मङ्गलबार देखि निर्वाचन अभियान सुरु भएको छ ।
निर्वाचनमा सत्तारुढ गठबन्धन लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र यसका साझेदारहरुले बहुमत कायम राख्न सक्ने अपेक्षा गरिएको छ भने विपक्षी दलहरूले सत्तारूढ समूहको पकडलाई कमजोर पार्ने कुरामा चुनावको ध्यानाकर्षण रहेको छ ।
संसदको शक्तिशाली सदन हाउस अफ रिप्रेजेन्टेटिभमा ४६५ सिटका लागि एक हजार ३३८ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेको जापानी सरकारी सञ्चार माध्याम एन.एच. के.ले जनाएको छ ।
जापानको प्रतिनिधि सभा मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छ जसले एकल–सदस्य जिल्लाहरू र समाननुपातिक प्रतिनिधित्व दुवैलाई मिलाउँछ ।
निर्वाचनमा मतदाताहरूले दुईवटा मतपत्रमा भोट हाल्छन ती मध्ये एउटा एकल–सदस्य जिल्लामा उम्मेद्वारका लागि र एउटा समानुपातिक प्रतिनिधित्वमा रहेको पार्टीका लागि हुन्छ ।
निर्वाचनले एलडिपीको कोष घोटालालाई पछ्याइ राजनीतिक सुधार, मुद्रास्फीति र आर्थिक उपायहरूको प्रतिक्रिया जस्ता प्रमुख मुद्दाहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।
लामो समय जापानमा शासन गर्ने एलडिपीले यसअघि ४६५ सदस्यीय तल्लो सदनमा २५८ सिट ओगटेको थियो भने ३२ सिटसहितको कोमेइटोसँग गठबन्धनमा शासन गरेको थियो ।
मुख्य विपक्षी दल पूर्व प्रधानमन्त्री योशिहिको नोडाको नेतृत्वमा रहेको जापानको संवैधानिक लोकतान्त्रिक पार्टीले भने ९९ वटा सिट जितेको थियो ।
Comments
अरु समाचार
-
बार र कानुन सक्षम बनाइए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९ औं...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
रामकोटमा रु ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
काठमाडौं । नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...