नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा १४७ जनाको मृत्यु
काठमाडौं । उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४७ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएको आपतकालीन सेवा र प्रहरीले जनाएको छ ।
उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो । नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोल बहुमूल्य पदार्थ बनेको बेला यो पछिल्लो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा मङ्गलबार जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरपर चुहिएको इन्धन सङ्कलन गर्दै थिए ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता नुरा अब्दुल्लाहले एक सय ४० भन्दा बढी मानिसलाई सामूहिक चिहानमा गाडिएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताए ।
उपराष्ट्रपति काशिम शेट्टिमाले सुरक्षा समीक्षाको आह्वान गर्दै सङ्घीय सरकारले प्रभावितहरूलाई सहयोग गर्ने बताए । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट सामान्य बनेको छ ।
कमसल सडकका कारण हुने दुर्घटना र दुर्घटनापछि इन्धन चोरी गर्ने प्रवृत्तिका कारण यस्ता दुर्घटना हुने गरेको छ । सरकारले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । नाइजेरियामा पेट्रोलको मूल्य अधिक र अभाव पनि उच्च रहने गरेको छ ।
गत साता सरकारी तेल कम्पनीले एक महिनाभित्र दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ । एक महिनाअघि मात्रै नाइजर राज्यमा यस्तै दुर्घटनामा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि...
-
इजरायली सेनाद्वारा बुधबार बेरुतमा आक्रमण
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको...
-
भारतद्वारा ६ क्यानेडियन कुटनीतिज्ञ निस्कासित
काठमाडौं । भारत र क्यानडाबीचको विवाद उत्कर्समा पुगेको छ। क्यानडाले भारतीय राजदूत संजय कुमार वर्मा लगायतमाथि अनुसन्धान सुरु गरेपछि दुबै...
-
बमको धम्कीपछि एयर इन्डियाको विमान दिल्लीतर्फ डाइभर्ट
काठमाडौं । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको...
-
ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ,अर्को ड्रोन पत्ता लागे ‘युद्धको घोषणा’ मानिने
काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण...
-
चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने
काठमाडौं । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ–१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको...
-
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्...
-
इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको...
-
‘मेरो स्वास्थ्य एकदम राम्रो र राष्ट्रपतिका लागि उपयुक्त छ’
न्यूयोर्क । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो”...