घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् ।
घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिएका छन् । “आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौँ”, उनले भने, “चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।”
घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको पुनले बताए । सवारीसाधनका अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुकदेउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ ।
समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ वटा सानाठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ ।
हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ ।
यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन् ।
पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न सकिन्छ । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृश्यावलोकन गर्न पुग्छन् । घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट नयाँ पुुल, उल्लेरी भएर एकैदिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुुग्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुुगिन्छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












