सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आजको बैठकले समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको बैठकले बाढीपहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठकमा समसामयिक विषयमा छलफल भएको जानकारी दिए। “खासगरी प्रतिपक्षी पार्टीको तर्फबाट जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेस गर्ने भन्ने समझदारी भएको छ”, नेता बस्नेतले भने ।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरु डिपी अर्याल र डा.स्वर्णिम वाग्ले नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्न प्रहरीले अदालतबाट लियो अनुमति
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीले...
-
सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग
काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ...
-
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको...
-
मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुर को जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा...
-
राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ ।...
-
राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण
काठमाडौं । बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी...
-
विपद्पछिको पुनः निर्माणको काम छिट्टै अघि बढ्छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका...
-
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपाल सरकारद्वारा निन्दा,युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न आग्रह
काठमाडौं । लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको...